MENU

समाज

ujyaalo forign call inside

भूकम्प प्रभावितको गुनासो ‘हामी कुन जग्गाको प्रमाण राखेर राहत लिने ?’

रमेश गिरी/उज्यालो ।

भक्तपुर, कात्तिक २० – भक्तपुर सूर्यविनायक नगरपालिका–१३ चित्तपोलका रामकुमार नगरकोटीको घर भूकम्पले भत्काएपछि रातो कार्ड पाएर अहिले अनुदान सम्झौताको विवरणमा समेत उहाँको नाम समावेश छ । 

तर, जग्गा गुठीको नाममा रहेको र सोको लालपुर्जा नभएपछि उहाँ अनुदान सम्झौता हुन्छ कि हुँदैन भन्ने अन्यौलमा हुनुहुन्छ । प्राधिकरणले भूकम्पले क्षति पु¥याएको घरको लालपुर्जा भएकासँग मात्र अनुदान सम्झौता गर्न परिपत्र गरेपछि नगरकोटीजस्ता थुप्रै भूकम्प पीडित अन्यौलमा परेका हुन् ।

यहाँका धेरै प्रभावितको जग्गा गुठीको नाममा रहेको र लालपुर्जा नभएको गुनासो गरेका छन् । सूर्यविनायक नगरपालिकाको आयोजना तथा सूचना अधिकार समाज र ग्रामीण पूर्वाधार तथा वातावरण विकास केन्द्र भक्तपुरको सहजिकरणमा सञ्चालित सार्वजनिक सुनुवाई कार्यक्रममा सूर्यविनायक–७ का सूर्यबहादुर खाइतुले लालपुर्जा नहुने भूकम्प प्रभावितलाई अनुदान राहत उपलब्ध हुने आधार तयार गरिदिनुपर्ने माग राख्नुभयो ।

सुनुवाईमा सूर्यविनायक–८ का रबिन्द्र थापाले भूकम्प गएको ढेड वर्षसम्म पनि राहत अनुदान प्राप्त नभएको भन्दै असन्तुष्टी व्यक्त गर्नुभयो । उहाँले प्रभावितलाई सहज ढंगबाट अनुदान रकम उपलब्ध गराइदिन आग्रह गर्नुभयो । 

भक्तपुरमा २४ हजार ९ सय दुईजना भूकम्प प्रभावितको विवरण पुनर्निर्माण प्राधिकरणले पठाएको छ । थप केही विवरण आउन बाँकी रहेको छ । तर, विवरणमा समावेश भएका भूकम्प प्रभावित आफ्नै नाममा लालपुर्जा नहुँदा अनुदान सम्झौतामा समस्या देखिएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सूर्यविनायक–७ आशापुरीका अजय तामाङ्गले नगरपालिकाले खोलाको मापदण्ड १० मिटर तोकेपछि आशापुरीका तामाङ्ग बस्ती गुठीबास लाग्ने भन्दै मापदण्ड घटाईदिन आग्रह गर्नुभयो । 

कार्यक्रममा स्थानीय दिलिप के.सी., मिना मास्के, नारायणबहादुर दुवाल, कुमार रानामगर, विष्णु खड्कालगायतले जेष्ठ नागरिकलाई प्रदान गरिने बृद्ध भत्ता वितरणलाई सहज बनाउनुपर्ने, बजेटको समयमै सही सदुपयोग गर्नुपर्ने, नागरिक बडापत्र अनुसार समयमै सेवाग्राहीको काम सम्पन्न गर्नुपर्ने, फोहोर र ढल व्यबस्थापन हुनुपर्ने, योजना तर्जुमामा स्थानीयको सहभागिता बढाउनुपर्ने बताउनुुभयो । 

त्यसअवसरमा सूर्यविनायक नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले मातहत मन्त्रालय र निकायले निर्देशित गरेका केही नीतिगत समस्याहरु बाहेक नगरपालिकाले स्थानीय नागरिकको पक्षमा कार्य गरिरहेको जिकिर गर्नुभयो । उहाँले नागरिकको माझबाट उठेका साझा समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभयो । 

सुनुवाईमा महानगरिय प्रहरी बृत जगातीका प्रहरी नायव उपरीक्षक मित्रबन्धु शर्मा, जिल्ला प्राविधिक कार्यालय भक्तपुरका इन्जिनियर सरिता उपाध्याय, सूचना अधिकार समाज भक्तपुरका अध्यक्ष सोम शर्मा बजगाईं, राजनीतिक दलका तर्फबाट एमालेका कविराम थापा, माओवादी केन्द्रका दिलकृष्ण तज, राप्रपामा राकेश थापा, नेमकिपाका सूर्यभक्त त्वाती, नेकपा मालेका मनोज थापा, नयाँ शक्तिका अशोकराज ढुङ्गेललगायतले नगरपालिका स्थानीय नागरिकको आवश्यकता, विकासको साझा अवधारणबाट सञ्चालित हुनुपर्नेमा जोड दिनुभयो ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया