MENU

समाज

ujyaalo forign call inside

दुर्गममा स्वास्थ्य चौकी र विद्यालय भवन बने

गोरखा, कात्तिक १७ – चीनको तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको छेकम्पार गाविसमा स्वास्थ्य चौकी भवन र विद्यालय भवनको पुनर्निर्माण गरिएको छ । छेकम्पार बर्थिङ सेन्टर र बुद्ध प्राथमिक विद्यालयको भवन भूकम्प प्रतिरोधी निर्माण गरिएको हो । 

जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरी चेया अस्ट्रियाको आर्थिक सहयोगमा चेया नेपालले भवन निर्माण गरिदिएको जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले बताउनुभयो । स्वास्थ्यचौकी भवन निर्माणमा ४५ लाख लगानी भएको चेया नेपालकी सृष्टि सिलवालले जानकारी दिनुभयो ।

त्यस्तै, विद्यालय भवन भने ३३ लाखमा निर्माण सम्पन्न भएको हो । पुनर्निर्माण प्राधिकरणले तोकेको मापदण्डअनुसार भवन निर्माण गरिएका छन् । बाटो अवरुद्ध हुँदा निर्माण सामग्री ढुवानी गर्न हेलिकोप्टरको प्रयोग गरिएको थियो । रासस

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया