MENU

समाज

ujyaalo forign call inside

धुर्मुस–सुन्तलीले गिरानचौर नमूना बस्ती शुक्रबार भूकम्प प्रभावितलाई हस्तान्तरण गर्ने

काठमाडौं, कात्तिक १० – कलाकार धुर्मुस–सुन्तलीले सिन्धुपाल्चोकको गिरानचौरमा बनाएको नमूना बस्ती शुक्रबार भूकम्प प्रभावितलाई हस्तान्तरण गर्ने भएका छन् ।

सीताराम कट्टेल ‘धुर्मुस’  र  कुञ्जना घिमिरे ‘सुन्तली’ ले गिरानचौरमा दोस्रो चरणको नमूना बस्ती निर्माण गर्नु भएको हो ।

सफा र हरियाली शहरको अवधारणासहित अपाङ्गमैत्री, बालमैत्री र वातावरणमैत्री भूकम्प प्रतिरोधात्मक नमूना बस्तीको निर्माण गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवद्र्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका, भवन विभागसँग समन्वय गरी निर्माण गरिएको होे ।

मेलम्ची नगरपालिका–८ मा ३० रोपनी क्षेत्रफलको जग्गामा ६५ भवन, पाँच बालोद्यान र एउटा खेलकुद मैदानसहितको एकीकृत बस्ती निर्माण गरिएको हो ।

६५ घरधुरीका एक एक तथा दैनिक ज्यालादारी काम गर्ने ३१ र अन्य विभिन्न सङ्घसंस्थाबाट स्वयंसेवक गरी सय जनाको दैनिक श्रमबाट बस्ती निर्माण गरेको धुर्मुस–सुन्तली फाउन्डेशनले जनाएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया