MENU

समाज

ujyaalo forign call inside

वर्षदिनमा तीनवटा कक्षाको पाठ, रनभुल्ल विद्यार्थी

सीताराम अधिकारी/उज्यालो ।

धादिङ, कात्तिक ६ – भूकम्पले विद्यालय भत्कियो । एक महिनासम्म विद्यालय नै खुलेन । त्यसपछि पनि सबै कक्षाका विद्यार्थी एकै ठाउँमा भए ।

विद्यालय आएपनि पढ्ने ठाउँ थिएन । शिक्षकले खुला चौरमा राखेर विद्यार्थीलाई भूकम्पबारे जानकारी दिने र सान्त्वना दिने गर्न थाले । केही समयपछि अस्थायी सिकाइ केन्द्र बन्यो । सबै कक्षाका विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउन थालियो । अहिलेसम्म पक्की विद्यालय भवन बन्न सकेको छैन । जसले गर्दा पढायो पढायो पाठ सोह्रदुना आठ भएको छ ।

सेमजोङ गाविसमा रहेको बुद्ध प्राविको अवस्था हो यो । भूकम्प पहिले ८० विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा अहिले ४० जना विद्यार्थी रहेको विद्यालयका शिक्षिक रोेजिना तामाङले बताउनुभयो । बाँसले बारेर बनाइएको एउटा टहरामा कक्षा ३, ४ र ५ को पढाइ हुन्छ ।

तीनवटै कक्षामा एकै पटक अध्यान गर्दा एकबाट अर्कोमा हल्ला हुन्छ । जसले गर्दा विद्यार्थीले पढाएको कुरा बुझ्दैनन् । कक्षा ५ मा मेनुका तामाङ विद्यार्थीहरुलाई शब्दको अर्थ पढाउँदै हुनुहुन्थ्यो । पहिले मिसले पढ्ने अनि विद्यार्थीले त्यसलाई पछ्याउने गरेका छन् । सँगै रहेको कक्षा ४ मा जेनिशा तामाङ विद्यार्थीलाई प्रश्न उत्तर सिकाउँदै हुनुहुन्थ्यो । अघिल्लो दिन पढाएको पाठ दोश्रो दिन विद्यार्थीले पढेको नपढेको जाँच गर्न यो प्रकृया अनाइएको थियो । दुवै तिरको पढाइले दुवै कक्षामा असर परेको थियो । शिक्षक र विद्यार्थी दुवैको मेहनत बालुवामा हालेको पानी जस्तै भएको छ ।

बाँसको पातलो बारले कक्षा कोठा छुट्याएको भएपनि त्यसले एउटा कक्षाको हल्ला अर्कोमा जान रोक्न भने सकेको छैन । ३ कक्षाका विद्यार्थीले ४ र ५ कक्षाको पाठ पनि सुन्छन् । तर आफ्नै कक्षाको पाठ राम्रोसँग नबुझेका विद्यार्थी अरु कक्षाको पढाइले रनभुल्लमा पर्ने गरेका छन् ।

यो प्रक्रियामा पढाइ भएको एक वर्ष भइसक्यो । विद्यालय बनेन् । जिल्ला शिक्षा कार्यालयमा पटक पटक अनुरोध गरिएको भएपनि विद्यालय नबन्दा समस्या परेको विद्यायका निमित्त प्रधानाध्यापक मेनुका तामाङको भनाई छ । अर्को वर्षदेखि विद्यार्थीले नयाँ भवनमा पढ्न पाउने तामाङले बताउनुभयो । नर्वेजियन राजदूतावासको सहयोगमा विद्यालय भवन निर्माण गर्ने भएपछि विद्यालयले खुसी व्यक्त गर्दै आफ्नो समस्या सुनिदिएकोमा नर्वेका राजदूत श्येल टोर्मोड पेटर्सनसमक्ष धन्यवादको पात्र रहेको उहाँले बताउनुभयो । राजदूत पेर्शनले विद्यालयको अवलोकन गरी आफूले गरेको सहयोग बारे जानकारी लिनुभयो । सेमजोङ गाविसका छ विद्यालय नर्वेको राजदुताबासले जर्मन विकास सहयोग (जिआइजेड) मार्फत निर्माण गर्न लगेको हो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया