MENU

समाज

ujyaalo forign call inside

धुर्मुसले माफी माग्दै भने–लक्ष्य अनुसार काम पूरा गर्न सकेनौँ (भिडियोसहित)

काठमाडौं, असोज १५ – कलाकार सीताराम कट्टेल धुर्मुसले सिन्धुपाल्चोकमा निर्माण भइरहेको गिरान्चौर एकीकृत बस्ती पूर्व निर्धारीत समयमा सम्पन्न गर्न नसकेको भन्दै माफी मागेका छन् । बस्ती निर्माण सुरु गर्दा घटस्थापनाको दिन हस्तान्तरण गर्ने लक्ष्य राखिएपनि पूरा नभएपछि उनले प्रेस विज्ञप्ति र भिडियोमार्फत सहयोगीदाता र शुभचिन्तकसँग क्षमायाचना गरेका हुन् ।

निरन्तरको झरीले काममा निकै बाधा पुर्‍याएकाले दसैँ अघि बस्ती हस्तान्तरण गर्न नसकिएको धुर्मुस सुन्तली फाउण्डेशनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । दिनरात खट्दा पनि तोकिएको समयमा काम सम्पन्न नभएकोप्रति दुःख व्यक्त गर्दै फाउण्डेशनका अध्यक्ष धुर्मुसले दसैँ नै गिरान्चौरमा बसेर मनाउने बताएका छन् । 

भिडियो 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया