MENU

समाज

ujyaalo forign call inside

भूकम्प प्रभावितसँग सम्झौता गर्न केही ठाउँमा प्राविधिक समस्या

काठमाडौं, असोज ६ – कागजपत्र तथा प्राविधिक कारणले भूकम्प प्रभावित केही ठाउँमा तोकिएको समयमा अनुदान सम्झौता हुन नसेकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका सहप्रवक्ता भिष्मकुमार भुषालका अनुसार गुनासो सुनुवाई नहुँदासम्म रकम वितरणमा स्थानीय राजनीतिक दल र स्थानीय बासिन्दाले विरोध गरेपछि अनुदान सम्झौतामा समस्या भएको हो ।

चाडपर्व नजिकिन लागेकाले बैंकलाई पनि कामको चाप बढेको भन्दै छिट्टै सबै भूकम्प प्रभावितसँग अनुदान सम्झौता गर्ने उहाँले बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालले ४५ दिनभित्र सबै भूकम्प प्रभावितलाई राहत रकमको पहिलो किस्ता दिन निर्देशन दिनु भएको थियो ।

तर यो समयमा सबैले रकम पाउन नसकेपछि प्रधानमन्त्रीले असन्तुष्टि जनाउनु भएको छ । प्रधानमन्त्रीले दिएको ४५ दिनको समय सकिएको छ । यस्तै प्राधिकरणले झुटो विवरण पेस गरी भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको अनुदान लिनेलाई कानुनअनुसार कारबाही हुने जनाएको छ ।

घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम वितरणका क्रममा मापदण्डमा नपरेका व्यक्तिले पनि अनुदान लिएको पाइएकाले त्यस्ता व्यक्तिलाई कारबाही गर्ने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताउनुभयो ।  

प्राधिकरणले अहिलेसम्म साढे ४ लाख प्रभावितसँग अनुदान सम्झौता गरेको छ । त्यसमध्ये ३ लाख ८१ हजारको खातामा रकम पुगेको प्राधिकरणले जनाएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया