MENU

समाज

ujyaalo forign call inside

भूकम्पको अनुदान रक्सीमै स्वाहा

शिव ढुंगाना/उज्यालो ।

ओखलढुंगा, असोज ३ – ओखलढुंगामा १५ दिन यता सदरमुकाम ओखलढुंगाका होटल र पसल खचाखच भरिएका छन् । धेरैजसो लाभग्राही साथी वा परिवारका सदस्यसहित अनुदान लिन एक हप्तादेखि सदरमुकाममै बसेका छन् । बजारमै अहिले सबैभन्दा धेरै जाँडरक्सीको कारोबार भएको होटल व्यवसायीले बताएका छन् । 

स्थायी आवास निमार्णका लागि सरकारले दिएको पहिलो किस्ताको रकम दुरुपयोग भएपछि पैसा रोकिएको राष्ट्रिय बाणिज्य बैंक ओखलढुंगाका म्यानेजर सुमन आर्चायले बताउनुभयो । बैंकका म्यानेजर आर्चायले भन्नुभयो ‘अनुदान त बजारमै रक्सी खाएर सक्ने जस्तो देखिएको छ । आधाले पनि घर पुर्‍याउँदैनन् होला ।’ 

स्थायी आवास निमार्णका लागि सरकारले दिएको पहिलो किस्ताको अनुदान लिन राष्ट्रिय वाणिज्य बैंक ओखलढुंगामा लाइन बसेका एक जना भूकम्प प्रभावित रकम बैंकका म्यानेजर सुमन आर्चायले आइतबार दिनभरी रोकिदिनुभयो । लाभग्राही रक्सीले मातेर बेहोस अवस्थामा पुगेकाले पैसा सुरक्षित नहुने देखेर पैसा रोकिएको थियो । 

त्यस्तै टुरिजम विकास बैंकबाट अनुदान लिन आएका च्यानमका दुई जना लाभग्राहीको रकम पनि गाविस सचिव दुर्गा खड्काले दिनभरी नै रोक्नुभयो ।

दिनु पर्ने अनुदान रोक्नु पर्ने कारण अरु नभएर लाभग्राहीले घरसम्म अनुदानको रकम पुर्‍याउन नसक्ने अवस्था देखेरै हो । ‘श्रीमती लिएर नआउञ्जेल दिन्न भनेर रोकेँ’ खड्काले भन्नुभयो ‘घरमा पैसा पुग्ने अवस्था नै देखिन ।’ 

यी उदाहरणबाटै प्रष्ट हुन्छ कि बैंकमा अनुदान लिन आउने अधिकांश लाभग्राही रक्सीले मातेपछि मात्रै रकम बुझ्न लाइनमा बस्ने गर्छन् ।

नियन्त्रण गर्नै मुस्किल परेपछि बाणिज्य बैंकका म्यानेजर आर्चायले खिजीकाती गाविसका सचिव कालीबहादुर राईलाई मातेर आउनेलाई बैंकले रकम दिन नसक्ने भन्ने सूचना गर्न निर्देशन नै दिनुभयो । ‘बेहास अवस्थामा आउँछन्, कसरी पैसा दिने ?’ आचार्यले भन्नुभयो ‘दिएको पैसा घर पुग्छ भन्ने विश्वास छैन ।’

अनुदान बुझेका लाभग्राही धेरैले रकम खानपिन र किनमेलमै खर्च गरेका छन् । ‘खान चाही पुग्छ, दसैँ खर्च धान्छ होला’ एसम गाविसका एक लाभग्राहीले भने । ओखलढुंगामा विभिन्न बैंकले अनुदान वितरण गरिरहेका छन् । 

हिलेसम्म ६ वटा बैंकबाट तीन हजारबढीले अनुदान लिइसकेका छन् । अनुदान लिएका लाभग्राही दुई दिनसम्म सदरमुकाममै बसेर खर्च गर्दै आएका छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया