MENU

समाज

ujyaalo forign call inside

रसुवाका ८१९ घरधनीसँग तत्काल सम्झौता नहुने

रसुवा, भदौ २८ – रसुवाका ८ सय १९ भूकम्प प्रभावितसँग तत्काल अनुदान सम्झौता नहुने भएको छ । जोखिममा परेका गाउँमा तत्काल अनुदान सम्झौता नगर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पत्र पठाएपछि अनुदान सम्झौता रोकिएको हो । 

जिल्लाका १८ गाविसमध्ये पहिरोको जोखिममा परेका १६ गाविसको विभिन्न वडाका प्रभावितसँग तत्काल सम्झौता नगर्ने जिल्ला प्राविधिक कार्यलय रसुवाका प्रमुख मदन मोहनलाल श्रेष्ठले जानकारी दिनुभयो । 

यसैगरी जिल्लामा अनुदान पाउन छानिएका ११ हजार २ सय ३६ घरधनीमध्ये ८ हजार ७ सय ८१ घरधनीसँग अनुदान सम्झौता भएको छ । 

थुमन र सरमथली गाविसममा अनुदान सम्झौता भइरहेको छ भने जिल्ला बाहिरका तथा जग्गाको स्वामित्व नभएका घरधनीसँग अनुदान सम्झौता गर्न नसकिएको र उनीहरू आएमा सम्झौता गरिने स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो ।  

यस्तै सम्झौता भएको गाविसबाट एक हजार तीन सय ५१ वटा गुनासो आएको छ । जिल्ला विकास समितिका अनुसार पाँच हजार ९ सय ९० घरधनीको खातामा रकम पुगिसकेको छ ।

अनुदान सम्झौता भएका गाविसबाट सात हजार सात सय २६ घरधनीका लागि गाविसले अनुदान रकम माग गरेको छ । ६ हजार तीन सय ६४ लाभग्राहीका लागि कोष तथा लेखा नियन्त्रणको कार्यलयमा चेक पठाइएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया