MENU

समाज

ujyaalo forign call inside

अनुदान सम्झौताको काम नै सुरु भएन

धादिङ, भदौ २८ – सरकारले ४५ दिनभित्र पहिलो किस्ताको रकम भूकम्प प्रभावितलाई दिने घोषणा गरे पनि धादिङको एक गाविसमा अनुदान सम्झौताको काम पनि भएको छैन । 

धादिङको त्रिपुरेश्वर गाविसमा अनुदान सम्झौताको काम सुरु हुन नसक्दा ८ सय लाभग्राही मर्कामा परेका छन् ।त्रिपुरेश्वर गाविसका सचिवले अर्को गाविसको काम पनि गर्नु पर्ने भएकाले काममा ढिलाइ भएको हो । 

सबैले पहिलो किस्ताको रकम पाउने भनेपनि ४५ दिन बितिसक्दा जिल्लाका आधा लाभग्राहीले पनि नगद बुझ्न सकेका छैनन् ।

जिल्ला विकास समितिले कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत ३७ हजार ५ सय ६३ परिवारको खातामा पहिलो किस्ताको रकम पठाइएको छ । 

जिल्लामा ७० हजार ५ सय ८१ परिवार लाभग्राहीको सूचीमा छन् । अहिलेसम्म चैनपुर, थाक्रे र मैदी गाविसमा पनि अनुदानको रकम निकासा भएको छैन ।  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया