MENU

समाज

ujyaalo forign call inside

लाभग्राहीलाई अनुदान पाउन सास्ती, गुनासो व्यवस्थापनको काम आजदेखि सुरू

हिमनाथ देवकोटा/उज्यालो । 

रसुवा, भदौ २३ – भूकम्पले घर क्षति भएर अनुदान पाउन छानिएका रसुवाका लाभग्राहीका लागि पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ निकासा हुन थालेको छ ।

रसुवाका अनुदान पाउन योग्य घरधनीमध्ये ७५ प्रतिशत घरधनीसँग अनुदान सम्झौता भइसकेको छ । तर अनुदान सम्झौता भएर रकम निकासा भइसक्दा समेत लाभग्राहीको नाम र नागारिकता नम्बर फरक परेपछि प्रभावित सास्ती बेहोर्न बाध्य भएका छन् । 

प्राधिकरणको नामावलीमा श्रीमानको नाम र गाविसको सम्झौतामा श्रीमतिको नाम

राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले उपलब्ध गराएको र गाविसमा भएको सम्झौतामा लाभग्राहीको नाम फरक परेपछि रकम निकासा भएका गाविसमा समेत प्रभावितले रकम पाउन सकेका छैनन् ।

नेपाल रेडक्रस सोसाइटीले आवास निमार्णका लागि अनुमति लिएको डाँडागाँउ गाविसका ४ सय २२ घरधनीका लागि रकम निकासा भइसकेको छ । तर गाविसको लापरवाहीका कारण दुई सय घरधनीले मात्र पहिलो किस्ताको रकम पाएका छन् ।

‘गाविस सचिवले इच्छ्याएको व्यक्तिको नाम राख्ने ठाँउमा श्रीमतिको नाम राख्नु पर्थ्यो तर रकम पाउन सहज हुने आशामा श्रीमतिको नाम नराखेपछि जटिल समस्या आएको छ’ शाखाका कार्यक्रम अधिकृत उद्धवराज अवस्तीले भन्नुभयो । यसअघिको सम्झौतामा विदेशमा भएका श्रीमानको नाम रहेको र अहिले श्रीमानको नाम हटाएर श्रीमतिको नाममा राख्दा अनुदान रकम दिनका लागि समस्या भएको अवस्तीको भनाई छ ।  

बैंकमा दोहोरो खाता 

जिल्लामा शाखा रहेका विभिन्न बैंकमा नागारिकले यस अघि नै खाता खोलेको भएपनि नाम र नागारिकता नम्बर फरक परेपछि दोहोरो खाता खोलेको भेटिएको छ ।

धुन्चे स्थित जनता बैंकका प्रमुख प्रमोद श्रेष्ठका अनुसार राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणले पठाएको नामावलीमा नाम र नागरिकता नम्बर नमिलेका कारण ५ प्रतिषतले नँया खाता खोलेका छन । ‘बैकमा दाहोरो खाता खोल्न मिल्दैन, कतिपयले दोहोरो खाता भएछ भनेर वन्द गर्न आएका छन्’ श्रेष्ठले भन्नुभयो । 

८ हजारसँग अनुदान सम्झौता

जिल्ला विकास समिति रसुवाका अनुसार जिल्लामा अनुदान पाउन छानिएका ११ हजार २ सय २९ घरधनीमध्ये ८ हजार ४ सय ९०  घरधनीसँग अनुदान सम्झौता भएको छ । 

जिल्लामा रहेका १८ गाविसमध्ये १७ गाविसमा अनुदान सम्झौता भइरहेको छ । सम्झौता गरिएको गाविसबाट एक हजार ३ सय ५१ ओटा गुनासो आएको छ । अनुदान सम्झौता भएका गाविसमध्ये डाँडाँगाउ, धुन्चे र राम्चेमा रकम निकासा भइसकेको छ । 

स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार ३ हजार ८ सय ५ घरधनीको खातामा रकम निकासा भइसकेको छ । भने ५ हजार ४ सय २६ लाभग्राहीका लागि कोष तथा लेखा नियन्त्रणको कार्यलयमा चेक पठाइएको छ । 

गुनासो व्यवस्थापन कार्य सुरू

अनुदान पाउनबाट वञ्चित भएर गुनासो फर्म भरेका पिडितको गुनासो व्यवस्थापनको काम बिहीबारदेखि सुरू हुने भएको छ ।

गाविस तहमा समाधान हुन सक्ने गाविसमा पठाइने र नसकिने गुनासो राष्ट्रिय पुनर्निमार्ण प्राधिकरणमा सिफारिस गरिने जिल्ला प्राविधिक कार्यलय रसुवाका जिल्ला इन्जिनियर तथा जिल्ला गुनासो व्यवस्थापन समितिका मदन मोहनलाल श्रेष्ठले जानकारी दिनुभयो ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया