MENU

समाज

ujyaalo forign call inside

अनुदानमा पाएको पैसा सकिन लाग्यो, कसरी बनाउने घर ?

सीताराम अधिकारी/उज्यालो ।

धादिङ, भदौ २३ – धादिङको दार्खा गाविसका चन्द्रमान तामाङ अनुदानको रकम लिन सदरमुकाम आउनुभयो । तर सदरमुकाम धादिङ बजराबाट घर फर्किने बेला उहाँले अनुदान स्वरुप लिएको पहिलो किस्तानको ५० हजारमा १५ हजार खर्च भइसक्यो । दार्खाबाट सदरमुकाम आउन एक दिन लाग्छ । गाविसमा गरेको लाभग्राहीको सम्झौता र नागरिकता लिएर आएका उहाँले बैंकमा खाता खोल्नका लागि लागि फोटो चाहिने भएकोले फोटो स्टुडियोमा फोटो खिचाउनुभयो । 

छिटो फोटो झिकेर मेघा बैंकमा लाइनमा बस्नुभयो । गाउँका मानिस धेरै जना आएको हुँदा बल्ल बल्ल उहाँले ५० हजार रुपैयाँ लिनुभयो । अघिल्लो दिनदेखि उहाँ होटेलमा बस्नुभएको थियो । पैसा बुझेको दिन पनि होटलमै बस्नुपर्‍यो । तीन दिनको होटलबास, बाटो खर्च समेत गर्दा उहाँको बुझेको ५० हजार रुपैयाँमा १५ हजार रुपैयाँ खर्चभयो । ‘सरकारले भूकम्पले नभत्किने घर बनाउनु भनेर दिएको रकम त यतै पो सकिने भो त ।’  उहाँले भन्नुभयो । दार्खाकै अर्का भूकम्प पीडित जंगबहादुर तामाङले पनि सरकारले भूकम्प प्रतिरोधी घर बनाउन दिएको रकम दसैँअघि नै सकिन लागेको बताउनुभयो । गाउँमा काम गर्ने जानेको मान्छे दुई चार जना मात्र छन् । ‘गाविसमा पुनर्निर्माण प्राधिकरणको इन्जिनियर पनि छैनन् । कसरी घर बनाउन सकिन्छ र घर ?’ तामाङले प्रश्न गर्नुभयो ।

सरकारले दएको रकम लिन आउनेलाई सजिलोको लागि एक पटक मात्र बोलाएको र सबै कागजात लिएर आउन सूचना गरिएकोले दोहोर्‍याउनुपर्ने अवस्था नआएको मेघा बैंक धादिङका प्रबन्धक  पाठकले बताउनुभयो । मेघा बैंकले दार्खा, मैदी, सुनौलाबजार लगायत गाविसका लाभग्राहीलाई अनुदानको रकम वितरण गर्ने जिम्मा लिएको छ ।

जिल्लाको उत्तरी क्षेत्रका गाविसमा सुरक्षाको व्यवस्था राम्रो नभएको र आफूहरुले लगेको रकम गाउँमा लुटिने डर समेत भएकोले कसरी सुरक्षित राख्ने र घर बनाउनमा खर्च गर्ने भन्ने चिन्ता परेको दार्खाबासिन्दाको भनाई छ । 

गाउँमा घर बनाउने मानिस नहुने, निर्माण सामाग्रीको अभाव हुने र मोटरबाटो नपुगेका गाविसमा निर्माणका लागि लाने सामान पुर्‍याउन पनि समस्या छ ।  

धादिङ    जिल्लामा ७० हजार ५ सय ८१ घर लाभग्राहीको सूचीमा रहेकोमा अहिलेसम्म ५३ हजार ८ सय ३६ परिवारले अनुदान सम्झौता गरेको र जिल्ला विकास समितिले लाभग्राहीलाई रकम उपलब्ध गराउनका लागि ३४ हजार ७ सय ३७ जनाको लागि रकम निकासा गरि बैंकमा पठाएको आवास मर्मत तथा पुनर्निर्माण मञ्च धादिङका जिल्ला संयोजक बाबुराम फ्यूवाले जानकारी दिनुभयो । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया