MENU

समाज

ujyaalo forign call inside

बिहानै दुई पटक हल्लियो दोलखा

काठमाडौं, भदौ २० – दोलखा केन्द्रविन्दु भएर दुई वटा परकम्प गएको छ । सोमबार बिहान ६ बजेर २२ मिनेटमा ४ दशमलव १ तथा ७ बजेर ४९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि साउन ८ गते राति ११ बजेर ५९ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको थियो । यस्तै गएको ११ गते बाजुरा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

पोहोर वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएपछि त्यसको परकम्प अझैपनि आइरहेको हो । सुरुका दिनमा सयौं परकम्प जाने गरेपनि अहिले त्यो घट्दै गएको छ । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया