MENU

समाज

ujyaalo forign call inside

रसुवामा ६० प्रतिशत लाभग्राहीसँग अनुदान सम्झौता

रसुवा, भदौ ११ – भूकम्पले क्षति भएका घर पुनर्निर्माणका लागि रसुवामा ६० प्रतिशत भूकम्प प्रभावितसँग अनुदान सम्झौता भएको छ । जिल्ला विकास समिति रसुवाका अनुसार जिल्लामा अनुदान पाउन छानिएका ११ हजार २ सय २९ घरधनीमध्ये ६ हजार ६ सय ७६ घरधनीसँग अनुदान सम्झौता भएको हो ।

जिल्लामा रहेका १८ गाविस मध्ये ४ गाविसमा भने अहिलेसम्म अनुदान सम्झौता हुन सकेको छैन । अनुदान सम्झौता गरिएको गाविसबाट १ हजार २ सय ६३ गुनासो आएको छ । अनुदान सम्झौता भएका गाविसमध्ये डाँडागाउँ, धुन्चे र राम्चेमा रकम निकासा भइसकेको छ । 

डाँडागाउँमा ५ सय ८६, राम्चेमा ३ सय ६९ र धुन्चेमा २ सय ११ घरधनीको खातामा रकम निकासा भइसकेको स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले बताउनुभयो । अनुदान सम्झौता हुन बाँकी गाविसमा आइतबारदेखि सम्झौता सुरू गरिने जिल्ला विकास समिति रसुवाले जनाएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया