MENU

समाज

ujyaalo forign call inside

देवीदेवताकै बास मिलाउन गाह्रो (अडियो रिपोर्टसहित)

मदन पौड्याल/उज्यालो ।

काठामाडौं, भदौ ८ – पोहोर वैशाखमा गएको भूकम्पले मानिसका मात्रै हैन देवी देवताकै बास पनि ढलेको छ । त्यतिबेला नढलेका तर धराप बनेका मन्दिर तथा सम्पदालाई अहिले पनि टेको लगाएर राखिएको छ । टेकोको भरमा अडिएका सम्पदा पनि कतिबेला ढल्ने हुन् भन्ने त्रास छ । तर पनि ती सम्पदा बनाउने सुरसार अझै सुरु भएको छैन ।

काठमाडौं उपत्यकाका ३ जिल्लामा मात्रै झण्डै २ सय सम्पदामा भूकम्पले क्षति पुगेको थियो । यसमध्ये ३५सम्पदा पूर्ण रुपमा क्षतिग्रस्त छन् । सम्पदा पुनर्निर्माणका लागि कार्यविधीसहित ३५ करोड रुपैयाँ विनियोजन भइसकेको छ । त्यसबाहेक विभिन्न सम्पदा पुनर्निर्माण गर्न भारत, चीन, श्रीलंका, जर्मनी, अमेरिकाले समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । तर पुरातत्व विभागले अनुमति नदिएकाले पुनर्निर्माणको काम सुरु गर्न नपाएको काठमाडौं महानगरपाललिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो ।

युनेस्कोले नेपालका ७ वटा साँस्कृतिक सम्पदालाई सूचिकृत गरेको छ । पशुपतिनाथ, बौद्धनाथ, स्वयम्भूनाथ, वसन्तपुर, पाटन, भक्तपुर दरबार, चाँगुनारायण र लुम्बिनी विश्व सम्पदा सूचीमा छन् । विश्व सम्पदामा सूचिकृतमध्ये काठमाडौं उपत्यकाका ६ वटा सम्पदामा भूकम्पले क्षति पुर्‍याएको छ । यीमध्ये केहीको पुनर्निर्माण काम सुरु गरिए पनि मुख्य संरचना पुनर्निर्माणबारे छलफल हुनै बाँकी रहेको हनुमानढोका संरक्षण कार्यक्रम बसन्तपुरका प्रमुख उदयबहादुर पसखलले बताउनुभयो ।

पुरातत्व विभागका अनुसार भूकम्पले ७ सय ५७ सम्पदा क्षति गरेकोमा ५१ वटाको पुनर्निर्माणका लागि टेन्डर भएको र १७ वटा निर्माण चरणमा छन् । काम सुरु भएका हनुमानढोका, रानीपोखरी, धरहरा लगायतको पुनर्निर्माण जुन गतिमा हुनुपर्ने हो त्यो देखिँदैन । महानगरपालिका र पुरातत्व विभागबिच प्राविधिक विषयमा समन्वय नमिल्दा ढिलाई भएको विभागका प्रवक्ता रामबहादुर कुँवर बताउनुहुन्छ ।

भूकम्पले ढलेका र चर्केका धार्मिक, ऐतिहासिक तथा पुरातात्विक सम्पदा अझै पनि अस्तव्यस्त अवस्थामा छन् । धेरैजसो सम्पदाको अझै पनि पुनर्निर्माणको काम सुरु हुन सकेको छैन । विश्व सम्पदा सूचीमा सूचिकृत सम्पदाको पुनर्निर्माण तत्काल सुरु नगरे सूचीबाट हटाउने चेतावनी युनेस्कोले दिएको छ । तर पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबिच प्रभावकारी समन्वय नहुँदा काम अलपत्र छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया