MENU

राजनीति

ujyaalo forign call inside

प्रधानमन्त्री प्रचण्डले पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउण्डेसनलाई दिने

काठमाडौं, भदौ १ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा धुर्मुस–सुन्तलीसँगको भेटमा प्रधानमन्त्रीले पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने घोषणा गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको एक महिनाको तलब ७८ हजार रुपैयाँ हुन्छ ।

प्रधानमन्त्रीले भूकम्पपछिको मानवीय बिपत्तिलाई राहत दिन धुर्मुस–सुन्तलीले चलाएको अभियान प्रशंसनीय र सकारात्मक भएकाले सहयोगको घोषणा गर्नुभएको हो । भेटमा धुर्मुस–सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्तीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने पनि प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईहरुको नेतृत्वमा निर्माण भएको नमुना वस्तीको सडक निर्माण लगायतका क्षेत्रमा सरकारले सहयोग गर्नेछ । कुनै समस्या र सहयोग चाहिए भन्नुहोला, सरकार सधैं खुल्ला हृदयले सहयोग गर्न तयार छ ।’ प्रधानमन्त्रीले आफू अहिले केही गरेर देखाउने सोचमा रहेको भन्दै सरकार र नागरिक मिलेर पुनर्निर्माणलाई उत्साहवद्र्धक बनाउने बताउनुभयो ।

भेटमा धुर्मुस–सुन्तलीले आफूहरुलाई सरकारले सरसफाई दूत नियुक्त गरे पनि सामाजिक अभियानमा गर्नसक्ने सहयोगका लागि पर्याप्त अधिकार नभएको, पुनर्निर्माणले तीब्रता नपाएको भन्दै नयाँ सरकारले यसमा संवेदनशिल भएर काम गर्ने आशा लिएको बताएका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया