MENU

समाज

ujyaalo forign call inside

भूकम्पबाट भत्किएका विद्यालय पुनर्निर्माणमा अलमल

काठमाडौं, साउन २९ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम दिन ढिलाई गर्दा विद्यालय पुनर्निर्माणको काम समयमा सुरु हुन नसकेको शिक्षा मन्त्रालयले जनाएको छ । भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणको लागि दिनुपर्ने बजेट निकासा नहुँदा काममा ढिलाई भएको मन्त्रालयका एक कर्मचारीले बताए ।

अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई एकमुष्ट रकम दिइसकेको बताएपनि प्राधिकरणले बिस्तारै दिने बताएकाले समस्या भएको उनको भनाई छ ।

यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आवास निर्माणलाई प्राथमिकता दिएकाले पनि विद्यालय पुनर्निर्माणको कामले गति लिन नसकेको हो । सरकारले भूकम्प अति प्रभावित १४ जिल्लामा भत्किएका झण्डै ५ हजार विद्यालय पुनर्निर्माणको लागि अहिलेलाई ५ अर्ब रुपैयाँ दिने जनाएको छ ।

एसियाली विकास बैंक एडिबी र जापानिज सहयोग नियोग जाइका लगायतका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले विद्यालय पुनर्निर्माणका लागि ११ अर्ब १५ करोड रुपैयाँ अनुदान दिने सम्झौता गरिसकेका छन् ।

एडिबी र जाइका जस्ता संस्थाले साढे २ अर्बको लागतमा ३ वर्षभित्र १ हजार विद्यालय, भारतीय दूतावासले ७० वटा, चिनियाँ दूतावासले ६ वटा विद्यालय बनाइदिने सम्झौता भएको छ ।

तर अहिलेसम्म सर्वेक्षण पनि सकिएको छैन । अहिलेसम्म जम्मा ८ सय ५० वटा विद्यालयको लागि मात्रै टेन्डर भएकाले ५ हजार विद्यालय बनाइसक्न कम्तिमा ५ वर्ष लाग्ने देखिएको शिक्षा मन्त्रालयले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया