MENU

समाज

ujyaalo forign call inside

भूकम्पले भत्काएका विद्यालय पुनर्निमार्ण नहुँदा पठनपाठनमा समस्या

ओखलढुंगा, साउन २७ – भूकम्पले भत्काएका ओखलढुंगाका विद्यालय भवन पुनर्निर्माण नहुँदा पठन पाठनमा समस्या भएको छ । भूकम्पले क्षति पुगेको एक वर्ष नाघे पनि विद्यालय मर्मत तथा पुनर्निर्माण नहुँदा अहिले पनि त्रिपाल र जस्ताका अस्थायी शिक्षण केन्द्रमा संचालन भइरहेका छन् ।

त्रिपालका शिक्षण केन्द्रमा वर्षातमा पठन पाठन गर्न नसकिने भएकाले पठन पाठन अबरुद्ध भएको छ । पानी पर्दा चुहिने, आवाज नसुनिने र गर्मीको समयमा पोलने भएकाले पठन पाठन अबरुद्ध हुँदै आएको छ ।

हिमाली क्षेत्रमा अत्याधिक चिसो र बेसीमा गर्मीले अस्थायी शिक्षण केन्द्रमा पठन पाठन संचालन गर्न नसकिने पात्ले माविका प्रधानाध्यापक लाक्पा शेर्पाले बताउनुभयो । भूकम्पले पूर्ण क्षति भएका दुई सय ७६, आशिंक, चार सय ९४ विद्यालय आंशिक क्षति भएका छन् ।

ती विद्यालयका ८ सय २३ कक्षा कोठा पूर्ण क्षति भएपनि अहिलेसम्म पुनर्निर्माण हुन नसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा मर्मतका लागि सामान्य बजेट आए पनि पुनर्निर्माणमा नभएको जिल्ला शिक्षा अधिकारी विरेन्द्रजंग थापाले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया