MENU

समाज

ujyaalo forign call inside

भत्केको स्कुल बनाउन अहिलेसम्म आश्वासन मात्र, सहयोग कहिले ?

कुमार रञ्जित/उज्यालो । 

काठमाडौं, साउन २४ – गएको वर्ष वैशाखमा गएको भूकम्पका कारण गोरखाको एउटा राम्रो मानिएको श्री जनकल्याण उच्च मावि पूर्ण रुपमा ध्वस्त भयो ।  त्यसको पुनर्निर्माणका लागि विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णप्रसाद ढकाल अहिले विद्यालय पुनर्निर्माणका लागि सहयोग जुटाउन अहिले काठमाडौंमा हुनुहुन्छ । साउनको झरीमा काठमाडौैंमा भेटिनुभएका पूर्व प्रधानाध्यापक ढकालको आँखामा विगतको सम्झना र भविष्यका आशा एवम् निराशाका रेखाहरु एकैपटकमा पढ्न सकिन्थ्यो । आफूले ३७ वर्ष पढाएको र दुःख–सुख गरेर बनाएका साना–ठूला ६ वटा भवनहरु उहाँलाई अहिले पनि उत्तिकै याद आउँछ ।

‘गोरखाको दूर्गम स्थानमा रहेको एउटा राम्रा विद्यालयको भविष्यको चिन्ता गर्दै गुहार्दैछु, तर जिल्लादेखि केन्द्रसम्मका सबै निकाय आश्वासन मात्रै दिने जस्ता लाग्दैछन्’ उहाँले भन्नुभयो । 

गोरखाको श्रीनाथकोटमा रहेको सिरानचोकमा समुद्र सतहबाट १२ सय ५ मिटर उचाईमा रहको तल्लो गोहरेमा २०१७ सालमा विद्यालयको स्थापना भएको थियो । ०३६ सालमा निमावि र ०४२ सालमा मावि हुँदै ०६५ सालदेखि उच्चमाविमा विज्ञान संकाय सञ्चालन हुँदै आएको विद्यालयले स्थानीय स्तरमा राम्रै शिक्षा प्रदान गर्दै आएको थियो । नतिजा पनि राम्रै प्राप्त गर्दै आएको पूर्व प्रधानाध्यापक ढकालको अनुभव छ ।

०७२ सालको वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पले विद्यालयका सबै भवन पूर्ण रुपमा भत्काएपछि विद्यालय प्रांगणमै टिनको छाना हालेर टहरोमा कक्षा सञ्चालन गर्दै आएको अहिलेका प्रधानाध्यापक कमलप्रसाद ढकाल बताउनु हुन्छ । उहाँका अनुसार अहिले हुरी बतास र पानी पर्दा विद्यालयनै बन्द गर्नुपर्ने अवस्था छ । 

‘भूकम्पपछि केही संघ–संस्थाले सहयोगका लागि पहल नगरेका होइनन्, तर अहिलेसम्म त्यस्ता सबै आश्वासन वास्तविकतामा परिणत हुन सकेको छैन’ पूर्व प्रधानाध्यापक तथा अहिले विद्यालय सञ्चालक समितिका सल्लाहकार समेत रहनुभएका ढकाल भन्नुहुन्छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर गुरुङको भनाई पनि उस्तै छ । उहाँ पनि विद्यालय पुनर्निर्माणमा सरोकारवाला निकायको ध्यान नपुगेको गुनासो गर्नुहुन्छ । मुलुकको केन्द्रीय राजनीतिमा प्रभावकारी भूमिका खेलिरहेका व्यक्तिहरुको गृह जिल्ला गोरखामा शैक्षिक क्षेत्र यसरी अस्तव्यस्त रहँदा र राजेश हमाल जस्ता महानायक कलाकार पुगेर पनि आश्वासन पूरा हुन नसकेकोमा विद्यालयका अधिकारीले असन्तुष्टी जनाए ।

१ सय ३ वर्ष अघि वि.सं. १९७० मा काठमाडौंको भाषा पाठशालामा पढेर फर्किएका शास्त्रदेव भट्ट र रश्मीराज पाण्डेको पहलमा पहिलो पटक त्यस भेगका नागरिकलाई परम्परागत शिक्षा प्रदान गरिएको इतिहास कोट्याउँदै पूर्व प्रधानाध्यापक ढकाल गोरखा जिल्लाको शैक्षिक इतिहासलाई जीवन्तता दिँदै निरन्तर राख्न पनि श्री जनकल्याण उच्च माविको पुनर्निर्माण आवश्यक रहेकोमा जोड दिनु हुन्छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया