MENU

समाज

ujyaalo forign call inside

​भूकम्पले जीर्ण बनेका नगर क्षेत्रका घर नगरपालिकाले भत्काउने

ओखलढुंगा, साउन १५ – ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको बजार क्षेत्रमा भूकम्पले पूर्णक्षति भएर जीर्ण अवस्थाका घर भत्काइने भएको छ ।

भूकम्पबाट पूर्णक्षति भइ राहत लिइ सके पनि घरधनीले नभत्काइ भाडामा लगाइएका घरको पहिचान गरी भत्काउन जिल्ला दैवी प्रकोप उद्धार समितिले निर्देशन दिएको छ ।

बजार क्षेत्रमा जोखिमपूर्ण अवस्थामा रहेका घरका कारण मानवीय तथा भौतिक क्षति हुने अवस्थालाई मध्यनजर गरेर घर धनीलाई भत्काउन आग्रह गर्ने र नभत्काए नगरपालिकाले भत्काउने जिल्ला दैवी प्रकोप उद्धार समितिले निर्णय गरेको हो ।

पूर्णक्षतिको राहत लिएर लड्न लागेका घरधनीलाई नगरपालिकाले सचेत गराउने र नभत्काए जोखिममा रहेका घर पहिचान गरेर भत्काउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो ।

त्यस्तै समितिले बाटो अबरोध हुने गरी सामान बिक्रवितरण तथा निर्माण सामग्री र सवारी साधन नराख्न सचेत गराउने निर्णय गरेको छ ।

बाटोमा अबरोध पुग्ने गरी व्यापार गर्ने, निर्माण सामग्री राख्ने र जथाभावी सवारी साधन पाकिगं गर्नेलाई कारबाहीको दायरामा ल्याउन समेत बैठकले नगरपालिकालाई निर्देशन दिएको हो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया