MENU

समाज

ujyaalo forign call inside

भूकम्प प्रभावित जिल्लामा नमूना स्कुल छनौट

काठमाडौं, साउन १३ – सरकारले भूकम्प अति प्रभावित ११ जिल्लामा नमुना विद्यालय छनौट गरेको छ । भूकम्प अति प्रभावित काठमाडौं, भक्तपुर, दोलखा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, रसूवा, धादिङ, ओखलढुंगा र गोरखाका एक एक विद्यालयलाई नमुना बनाउन छनौट गरिएको हो ।

अति प्रभावित १४ जिल्लामा छनौट गर्ने भनिएपनि ललितपुर, सिन्धुली र रामेछापमा छनौट हुन सकेको छैन । नमुना विद्यालयको भौतिक संरचना र कक्षाकोठा व्यवस्थापन शिक्षण सिकाइ गर्न ट्रेनिङ कक्ष, अडिटोरियम कक्ष, संगीत प्रशिक्षण कक्ष, विज्ञान प्रयोगशाला, पुस्तकालय, सूचना तथा सञ्चार ल्याब, चमेना गृह, प्राथमिक उपचार कक्ष र छात्रछात्राका लागि अलग शौचालय हुनेछन् । त्यस्तै इन्डोर र आउटडोर खेलमैदान पनि बन्नेछ ।

विद्यालयमा सुविधा सम्पन्न पुस्तकालय, ई–लाइब्रेरी, इन्टरनेटसहित कम्प्युटर, फोटोकपी मेसिन, विषयगत र अन्तरविषय पुस्तकहरू, जर्नल, पत्रपत्रिका हुने शिक्षा मन्त्रालयले जनाएको छ । नमुना विद्यालयको भवन भूकम्पप्रतिरोधी हुनेछ ।

एकदेखि १२ सम्मको पठन पाठन गर्न आवश्यक पर्ने कक्षा कोठासहित तोकिएको पूर्वाधार बनाउन आवश्यक जग्गा भएका विद्यालय छनौट भएको शिक्षा विभागले जनाएको छ ।

विभागका अनुसार दोलखामा हनुमन्तेश्वर मावि काब्रे, नुवाकोटमा त्रिभुवन त्रिसुली मावि बिदुर नगरपालिका, काभ्रेपलाञ्चोकमा प्रभा मावि कात्तिके देउराली, सिन्धुपाल्चोकमा बाघ भैरव मावि ठोकर्पा, मकवानपुरमा जनप्रिय मावि हेटाैंडा, रसुवामा कालिका हिमालयन मावि धैबुङ, धादिङमा निलकण्ठ मावि धादिङबेसी छनौट भएका छन् ।

त्यस्तै ओखलढुङगामा रुम्जाटार मावि, गोरखामा महेन्द्र मावि गोरखा नगरपालिका, काठमाडौंमा जनसेवा मावि पाँगा र भक्तपुरमा श्रीपद्म मावि दरबारस्क्वायर छनौट भएको विभागले जनाएको छ ।

रामेछाप, सिन्धुली, ललितपुरमा छनौट हुन बाँकी छ । एसियाली विकास बैंक एडिबीको आर्थिक सहयोगमा बन्न लागेका नमुना विद्यालय अबको तीन वर्षभित्र बनाइसक्ने विभागका महानिर्देशक खगराज बरालले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया