MENU

समाज

ujyaalo forign call inside

गोरखामा ४.१ रेक्टरको परकम्प

काठमाडौं, साउन ८ – गोरखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको छ । शनिबार बिहान ११ बजेर ५९ मिनेटमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि असार २३ गते दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केल कै परकम्प गएको थियो । यो पोहोर वैशाख १२ गतेको भूकम्प कै परकम्प भएको केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अहिलेसम्म ४ रेक्टर स्केल माथिका ४ सय ६६ वटा परकम्प गएको छ ।

शुक्रबार दिउँसो काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको थियो । सानो धक्का भएपनि काठमाडौं केन्द्रविन्दु भएकाले काठमाडौंमा ठूलो धक्का महसुस गरिएको थियो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया