MENU

समाज

ujyaalo forign call inside

​भूकम्पले भत्काएपछि बन्द भएको इट्टा उद्योग सञ्चालनमा

भक्तपुर, साउन ७ – २०७२ वैशाख १२ को भूकम्पले उद्योगको चिम्नी ढालेपछि बन्द रहेको भक्तपुर इट्टा तथा टायल उद्योग १४ महिनापछि सञ्चालनमा आएको छ ।

तीन करोडको लागतमा ७४ मिटर अग्लो नयॉ चिम्नी निर्माण गरेपछि उद्योग बिहीबारदेखि फेरि सञ्चालनमा आएको उद्योगका प्रबन्ध निर्देशक दुर्गा मल्लले जानकारी दिनुभयो । भूकम्पका कारण उद्योगको इट्टा पोल्ने दुई वटा भट्टा र चिम्नी ढल्दा झण्डै ९ करोड रुपैयाँको नोक्सान भएको उहाँको भनाई छ ।

उद्योग बन्द हुँदा त्यहाँ कार्यरत पाँच सय मजदुर कामबाट वञ्चित भएकोमा मजदुरहरु पनि काममा फर्किएका छन् । दैनिक ८० हजार इट्टा उत्पादन  क्षमता भएको उद्योग बन्द हुँदा वजारमा नीजि क्षेत्रका व्यवसायीले इट्टाको मूल्यमा मनोमानी गरेका थिए ।

उद्योगका अध्यक्ष केपी ताम्रकारले क्षति भएको भौतिक संरचनाको पुनर्निर्माणका लागि सरकारले बजेटमै अनुदान दिने घोषणा गरेपनि अर्थ मन्त्रालयले बजेट निकासा नगरेपछि निजी लगानी मै उद्योग पुनर्निर्माण गरिएको बताउनुभयो ।

१४ महिना उद्योग बन्द हुँदा त्यहाँ कार्यरत मजदुर  तथा कर्मचारीलाई बिना काम तलब तथा भत्ता दिनुपर्दा उद्योगलाई करोडौंको आर्थिक भार परेको ताम्राकारले बताउनुभयो ।

चिनियाँ सरकारले बनाएर नेपाल सरकारलाई हस्तान्तरण गरेपछि भ्रष्टाचारका कारण बन्द भएको यो उद्योग गएको १२ वर्ष अघिदेखि अर्थ मन्त्रालयलाई वार्षिक ४० लाख रुपैयॉ भाडा बुझाउँदै निजीस्तरबाट सञ्चालन हुँदै आएको थियो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया