MENU

समाज

ujyaalo forign call inside

बुढी आमाको पीडा : घर रहेन, हात चल्दैन

हिमनाथ देवकोटा/उज्यालो ।

रसुवा, साउन ५ – गएको वर्षको वैशाखको भूकम्पमा परेर मुश्किले बाँच्नु भएकी रसुवाको यार्साकी चुक्पा तामाङलाई जीवनको यात्रा अहिले उक्लिनै नसक्ने भीर जस्तै भएको छ ।

भूकम्पमा भूइँमा बजारिँदा उहाँको दायाँ हातमा चोट लाग्यो । चोटका कारण दायाँ हात नचल्ने भएपछि चुक्पालाई आफ्नो दैनिक काम गर्दै समस्या भएको छ ।

उहाँले भन्नुभयो ‘बाच्ने आशै थिएन, बाँचियो । बाच्न त बाँचे तर बुढेसकालमा अरूलाई दुःख दिएर बस्नु परेको छ । हात चल्दैन, काम गर्न पनि सक्दिन, खान पनि पाउँदिन कि भन्ने चिन्ता लाग्छ ।’ चुक्पाको पुर्खौली थलो यार्सा गाविस हो । उमेरले ६५ वर्ष काट्नै लाग्नु भएको चुक्पा सदरमुकाम धुन्चे बस्न थाल्नुभएको ठ्याक्कै १२ वर्ष पुग्यो । उहाँको अहिलेको सहारा भनेको कान्छी छोरी मात्रै हुन् । ‘छोरीले पनि आफ्नो घरबार सम्हाल्नै पर्‍यो, मलाई कति दिन हेर्न सक्लिर खै ?’ चुक्पाले भन्नुभयो । उहाँ छोरीको घर नजिकै टहरो बनाएर बस्नुभएको छ । उहाँ भन्नुहुन्छ ‘घर पनि छैन थर पनि छैन । एउटा छोरा छ । काठमाडौं बस्छ । छोरीको सहारामा बाँचेको छु ।’  

उहाँको दाहिने हातको बुढी औँला खुम्चिएको छ । पाखुरामा हड्डी बढ्दै गएको छ । ‘उपचार गर्न सक्दिन, काठमाडाैं जान पर्छ भनेका छन्, पैसा भए पो उपचार गर्नु ?’ चुक्पाले भन्नुभयो ‘अलिकति चिसो भयो कि हात दुखेर मर्नु हुन्छ ।’

जिल्ला स्वास्थ्य कार्यालय नजिकै बस्दै आउनु भएकी चुक्पाले हातमा चोट लाग्दा पनि घरेलु उपाचार गर्नुभयो । चुक्पाले भन्नुभयो ‘सिस्नु कुटेर हातमा लेप लगाएर ब्यान्डेज बाँधेपछि ठिक हुन्छ भन्थे तर अहिले त झन समस्या बढ्दै गएको छ ।’

उहाँलार्ई अहिले आफ्नै हात भारी हुन थालेको छ । उहाँले भन्नुभयो ‘दिन रात दुखिरहने हात राख्नु भन्दा काटेर फाल्नु राम्रो होला जस्तो लाग्छ ।’ उहाँलाई लगाएका कपडा फेरफार गर्न अनि पटुका बाँध्न पनि अर्काको सहारा लिनुपर्छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया