MENU

बातावरण-कृषि

ujyaalo forign call inside

ओखलढुंगामा भूकम्प पीडित किसानका लागि आएको २३ लाख अनुदान फिर्ता

ओखलढुंगा, साउन ६ – ओखलढुंगामा भूकम्प पीडित किसानलाई जिल्ला पशु सेवा कार्यालयबाट दिइने २३ लाख अनुदान खर्च नभइ  फिर्ता भएको छ ।

भूकम्प प्रभावित जिल्लाका पशु पालक किसानलाई बोका पालनमा दिइने अनुदान वितरण हुन नसकेपछि फिर्ता भएको छ । ढिलो अनुदान आउँदा आवेदन माग गररे पशु पालक किसानका फार्मलाई अनुदान वितरण गर्न नसकेपछि बजेट फिर्ता भएको कार्यालयका पशु चिकित्सक रामचन्द्र आर्चायले बताउनुभयो ।

असारमा बजेट निकासा आएको र मूल्य अभिबृद्धि करमा दर्ता भएका किसानका फार्मलाई मात्र अनुदान दिन सकिने प्रावधान रहेकाले अनुदान लिन आवेदन नै नआएको उहाँको भनाई छ ।

पशु पालक किसानहरुले भने कार्यालयले समयमा सूचना नदिएकाले अनुदान लिन नसकिएको गुनासो गरेका छन् । सरकारले दिएको अनुदान किसानलाई वितरण गर्न कार्यालयले चासो नदिँदा फ्रिज भएको उनीहरुको आरोप छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया