MENU

समाज

ujyaalo forign call inside

सरकार परिवर्तनको चलखेलले भूकम्प पीडित समस्यामा

काठमाडौं, असार ३० – भूकम्प पीडितलाई दुई किस्तामा दुईलाख रुपैयाँ दिने भनिएपनि सत्ता परिवर्तनको चलखेलले अन्यौल बढाएको छ ।

गएको १५ गते दलहरुबिच पीडितलाई पहिलो किस्तामा डेढ लाख र दोस्रो किस्तामा ५० हजार रुपैयाँ दिने सहमति भएको थियो । तर मन्त्रिपरिषदबाट पारित हुन बाँकी रहेको बेला सरकार परिवर्तनको तयारी हुँदा अन्यौल बढाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले सरकारी निर्णयपछि मात्रै रकम वितरण गर्न सकिने बताउनुभयो ।  सरकारी निर्णय आउनु अघि प्राधिकरणक साबिक तयारी अनुसार नै अनुदान रकम वितरण गर्ने उहाँले बताउनुभयो ।

उहाँका अनुसार अहिलेसम्म ३० हजार भन्दा बढी घर परिवारको खातामा पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ पुगेको छ । अरु पीडितसँग पनि अनुदान सम्झौताको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

यस्तै प्राधिकरणले काठमाडौं उपत्यकामा आउँदो ३ गतेदेखि सर्वेक्षण थाल्ने भएको छ । यस्तै भूकम्प प्रभावित अरु १७ जिल्लामा पनि सर्वेक्षण थाल्ने तयारी भएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया