खेल
रोनाल्डो भन्छन्–फ्रान्सको सम्भावना बलियो
- Sunday, Jul 10, 2016
- 11:07 AM ( 3 years ago )
- Total Views: 37.4 K
असार २६ – १२ वर्षपछि पोर्चुगल फेरि युरोकपको फाइनल खेल्दैछ । घरेलु मैदानमा १२ वर्ष अघि सन् २००४ मा भएको युरोकपको फाइनलमा ग्रिससँग हारेर पोर्चुगलको मुटु तोडिएको थियो । टिममा त्यसपछि धेरै खेलाडी फेरिए लगभग सबै जसो नयाँ खेलाडी छन् । तर सन् २००४ मा पनि खेलेका क्रिष्टियानो रोनाल्डो अहिले टिमका कप्तान छन् । फाइनलसम्मको यात्रा तय गराएका रोनाल्डोलाई यो युरोकपमा फ्रान्सको सम्भावना बलियो लाग्छ । युइएफए डट कमसँगको अन्तर्वार्ताको क्रममा रोनाल्डोले घरेलु मैदान भएकाले फ्रान्सको सम्भावना बलियो रहेको बताएका हुन् ।
क्रिष्टियानो रोनाल्डोले युइएफए डट कमसँग भने ‘मेरो विचारमा उनीहरुको सम्भावना बलियो छ, किनकी उनीहरु घरेलु मैदानमा खेलिरहेका छन्, यो ठूलो प्लस प्वइन्ट हो ।
देशका सबै नागरिक उनीहरुलाई समर्थन गर्न तम्तयार छन् । तर यो फाइनल हो, जे पनि हुन सक्छ । हामी तयारी गरिरहेका छौं र हामीलाई हराउन कठिन हुनेछ । प्रतियोगिता सुरु भएदेखि अहिलेसम्म हामीलाई कसैले हराउन सकेको छैन । मलाई आशा छ कि फ्रान्सले पनि हामीलाई हराउने छैन ।’
रोनाल्डो फाइनल अघि निकै शान्त देखिएका छन् । उनले पेरिसबाट २५ किलोमिटर दक्षिण रहेको सुविधा सम्पन्न घरमा आराम गरेका थिए । उनले पोर्चुगलका लागि केही जित्नु आफ्नो लामो समयदेखिको इच्छा भएको बताएका छन् । ‘यो मेरो लामो समयदेखिको सपना हो ।’
उनले भने ‘यदी मैले पोर्चुगलका लागि केही जिते भने त्यो ठूलो सफलता हुनेछ । मलाई विश्वास छ, मेरा साथी खेलाडीलाई विश्वास, सबै पोर्चुगिजलाई विश्वास र फ्रान्समा रहेका पोर्चुगिज समुदायलाई पनि विश्वास छ कि हामी विजयी हुने छौं ।
फाइनलमा रहनुले फेरि केही प्राप्त गर्ने इच्छा जागेको छ । अहिले मेरा लागि अर्को अवसर र भाग्य आइपरेको छ । सबै कुरा राम्रो भयो भने आइतबार राति म पोर्चुगलका लागि दोस्रो फाइनल खेल्नेछु, र जित दिलाउने छु ।’
सन् २००४ को युरोकप फाइनलमा रोनाल्डो १९ वर्षका मात्रै थिए । त्यसबेला र अहिले धेरै कुरा परिवर्तन भएको छ । उनको पोजिसन, जर्सी नम्बर (२००४ मा १७ त्यसपछि ७) र खेल शैली तर केही कुरा अहिले पनि उस्तै छ । रोनाल्डोले भने ‘फाइनलमा जे पनि हुन सक्छ, हामीलाई थाहा छ उत्कृष्ट विपक्षीसँग खेल्दै छौं, राम्रो राष्ट्रिय टिम हो फ्रान्स तर सम्भावना दुवै तर्फ छ । हामी दुवैका लागि यो खेल निकै कठिन हुनेछ ।’
रोनाल्डोका लागि यो युरोकप कीर्तिमानी छ । उनी युरोकपका चार प्रतियोगितामा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यस्तै उनले युरोकपमा सर्वाधिक गोलकर्ताको कीर्तिमानमा मिचेल प्लाटिनीसँग बराबरी गरिसकेका छन् । दुवैले ९ गोल गरेका छन् । उनी यस्तै दुई वटा सेमिफाइनल खेल्ने पहिलो खेलाडी बनेका छन् ।
उनले भने ‘यस्ता कुरा भइरहन्छन् । मलाई कीर्तिमान भन्दा पनि टिमको सफलता चाहिएको छ ।’ पोर्चुगलले आइतबार राति पौने एक बजे युरोकपको फाइनलमा फ्रान्ससँग खेल्दैछ ।
– स्रोत : युइएफए
सम्बन्धित सामग्रीहरु
-
प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
काठमाडौं, जेठ १७ – एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा त्रिभुवन आर्मीले समूह ‘ए’ बाट आफ्नो पहिलो खेलमा जित निकालेको छ ।
-
रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
जेठ १७ – रियल मड्रिडका प्रशिक्षक जिनेदिने जिदानले क्लबले च्याम्पियन्स लिग जितेको ५ दिनपछि राजीनामा दिएका छन् ।
-
दशरथ रंगशाला निर्माणका लागि १० करोड बजेट विनियोजन
काठमाडौं, जेठ १७ – सरकारले दशरथ रंगशालाको मर्मत/सम्हार तथा स्तरोन्नतिका लागि १० करोड बजेट विनियोजन गरेको छ ।
-
सन्दीपले अफ्रिदीको कप्तानीमा विश्व ११ बाट आज खेल्दै
काठमाडौं, जेठ १७ – नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित टिम विश्व एघारले वेष्ट इण्डिज एघारसँग विहीबार खेल्दैछ ।
-
धुर्मुससँग सम्पर्क नै टुट्यो : खेलकुद मन्त्री विश्वकर्मा
काठमाडौं, जेठ १७ – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले क्रिकेट रंगशाला बनाउन तम्सिएका धुर्मुस र सुन्तलीसँग सम्पर्क नै नभएको बताउनुभएको छ ।
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : एसएसपी खत्री जेल चलान
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
- प्रधानमन्त्री कप क्रिकेट : आर्मीले प्रदेश दुईलाई ५५ रनले हरायो
- एनसेलले दियो इञ्जिनियरिङका विद्यार्थीलाई छात्रवृत्ति
- छुवाछूत उन्मूलन दिवस मनाउने तयारी
- सांसद गजेन्द्रले भने : म रोएको होइन, मेरो आवाज नै त्यस्तो हो
- रियल मड्रिडका प्रशिक्षक जिदानले अचानक दिए राजीनामा
- २० जना विद्यार्थीमा मास हिस्टेरियाको समस्या, विद्यालय बन्द
- जबरजस्ती करणी गर्नेलाई पाँच वर्ष कैद
- अर्थमन्त्रीले औंलो ठड्याएर निजी क्षेत्रलाई धम्क्याउनुभयो : सांसद विश्वकर्मा
- घुससहित मालपोतका नासु र सहयोगी पक्राउ
प्रतिक्रिया दिनुहोस