MENU

समाज

ujyaalo forign call inside

अनुदानमा बोका, भूकम्प पीडित खुसी

विवश कुलुङ/उज्यालो ।

सोलुखुम्बु, असार २५ – तिङला गाविस–५ सोलुखुम्बुका भूकम्प पीडित मानबहादुर मगरले अनुदान स्वरुप जमुनापारी जातको बोका पाएपछि खुसी हन्दै भन्नुभयो ‘२० वर्षदेखि बाख्रा पालन गरेको भएपनि सोलुखुुम्बुमा उन्नत जातको बोका नहुँदा समस्या भएको थियो ।

तर अहिले जिल्ला पशुसेवाले दिएको छ । नश्ल सुधार गरेर आर्थिक लाभ दिने सोच बनाएको छु ।’ उहाँले उन्नत जातको बोका खोजी गर्दा समेत जिल्लामा नपाएका बेलामा निःशुल्क पाएकोले निकै खुसी लागेको बताउनुभयो । काँगेल–७ का कुलकुमार बस्नेतले पनि उन्नत जातको बोका पाएपछि आफूले पालेको बाख्रा स्थानीय तथा सानो जातको हुँदा कम आम्दानी दिएको भएपनि अब नश्ल सुधार भई आम्दानी बढ्ने भन्दै खुसी हुनुहुन्छ । उहाँले भन्नुभयो ‘सोलुमा पहिलो पटक ठूलो जातको बोका ल्याएर पशुसेवाले अनुदानमा बाँडेर राम्रो काम गरेको छ ।’

जिल्ला पशुसेवा कार्यालय सोलुखुम्बुले ‘क’ वर्गका भूकम्प पीडित तथा बाख्रापालन गर्ने एक सय जना किसानलाई अनुदानमा बोका वितरण गरेको जिल्ला पशुसेवा कार्यालय सोलुखुम्बका प्रमुख डा. ऋषभ गुरागाईले बताउनुभयो । ‘जिल्लामा आएका अनुदानमुलक गोठ सुधार, बंगुर अनुदान, लगायतका विभिन्न अनुदानबाट छुटेका तथा बाख्रापालन गरिरहने किसानलाई बोका वितरण गरिएको हो ।’

जिल्लामा पशुपालन गर्नेको संख्या घट्दै जाँदा गाउँघरमा चाँडो आम्दानी दिने बाख्रापालनप्रति भने आकर्षण घटेको छैन । चाँडो आम्दानी तथा सहज बजारका कारण बाख्रापालन गरिएको गुदेलका कृषक बिडि कुलुङले बताउनुभयो । पछिल्लो समयमा गाईभैँसीपालन भन्दा बाख्रा पालन सहज भएको किसान बताउँछन् ।

सुनसरीको मौलीबाट उन्नत जात (जमुनापारी) को बोका ल्याएर जिल्लाका भूकम्प पीडितलाई वितरण गरिएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । जिल्लामा ८ हजार चार सय ६७ भूकम्प पीडित रहेको मध्ये एक सय भूकम्प पीडितलाई बोका वितरण गरेको हो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया