MENU

समाज

ujyaalo forign call inside

संस्थानको सहुलियतको चामल गौदाममै थन्कियो

ओखलढुंगा, असार २५– नेपाल खाद्य संस्थान ओखलढुगांको चामल सदरमुकाम स्थित गोदाममै थन्किएको छ । अहिले संस्थानको चामल भन्दा बाहिर पसलमा सस्तो तथा सुलभ मूल्यमा चामल पाइन थालेपछि खाद्य संस्थानको चामल थन्किएको हो ।

अघिल्लो वर्षको ९ सय ९८ क्विन्टल चामल मौज्दात रहेको नेपाल खाद्य संस्थान ओखलढुगांका सहायक मिलन श्रेष्ठले जानकारी दिनुभयो  । उहाँले यस आर्थिक वर्षमा १५ सय क्विन्टल चामल ओखलढुगांमा भित्रने जानकारी दिनुभयो ।

अहिले जिल्लाको ग्रामीण भेगमा पनी यातायातको सुविधा पुगेका कारण गाउँमै चामल पुग्ने तथा अन्य पसलमा उधारोमा पनि चामल पाइने गरेका कारण खाद्य संस्थानको चामल बिक्री हुन छाडेको हुन सक्ने उहाँको भनाई छ । यस आर्थिक वर्षमा खाद्य संस्थानबाट  जम्मा दुई सय ९१ क्विन्टल मात्र चामल बिक्री भएको छ ।

बजारमा ३० रुपैयाँदेखि चालम पाइने, उधारोमा समेत ग्राहक लान पाउने भए पनि संस्थानको चामलको न्यूनतम मूल्य ३६ रुपैयाँ छ । केही वर्ष पहिलेसम्म चामल किन्न लागेको भिड नियन्त्रण गर्न प्रहरी परिचालन गर्नु पर्नेे खाद्य संस्थान अहिले सुनसान छ ।

चामलको मूल्य घटाउन केन्द्रमा पत्रचार गरिएको चामलको मूल्य घटाएपछि  बिक्री हुन सक्ने खाद्य संस्थान ओखलढुगांले बताएको छ । यस्तै भूकम्पले संस्थानको भवन जीर्ण बनेपछि वर्षातको समयमा चामल भण्डारणमा समेत समस्या भएको छ ।

गोदाममा पानी चुहिने तथा चामल पानीले चामल कुहिने गरेका कारण समस्या हुने गरेको छ । चामललाई पानीबाट बचाउन प्लास्टिकले छोपेर संरक्षण गरिएको कार्यालयले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया