MENU

समाज

ujyaalo forign call inside

विवरण फरक पर्दा भूकम्प पीडितलाई अनुदान भुक्तानीमा समस्या

ओखलढुंगा, असार २० – विवरण फरक परेपछि ओखलढुंगाका भूकम्प पीडितलाई सम्झौता गरिएको अनुदान भुक्तानी रोकिएको छ । लाभग्राहीको नाम र नागरिकताको प्रमाण पत्रको नम्बरमा फरक पर्दा रकम भुक्तानीमा समस्या भएको हो ।

विद्युतीय तथ्यांक संकलनमा लाभग्राहीको नाम एक व्यक्तिको र नागरिकता नम्बर नातेदारको लेखिएका कारण कोष तथा लेखा नियन्त्रण कार्यालयमा १७ गाविसका लागि पठाइएको रकम निकासा रोकिएको जिल्ला विकास समितिका भूकम्पिय तथ्यांक व्यवस्थापक पदम परियारले बताउनुभयो ।

गाउँमा तथ्यांक संकलनमा खटिएका इन्जिनियरको कमजोरीले सम्झौता भएको अनुदान लाभग्राहीले पाउन सकेका छैनन् । विवरण मेल नखाएपछि कोष तथा लेखा नियन्त्रण कार्यालयमै प्रकृया रोकिएको छ । पुनर्निर्माण प्राधिकरणले पठाएको तथ्यांक र अनुदान सम्झौता गर्ने लाभग्राहीको नाम नमिलेर समस्या आएकाले यसबारे छलफल भइरहेको परियारको भनाई छ ।

ओखलढुंगामा आइतबारसम्म १७ हजार एक सय ३६ परिवारसँग स्थायी आवासका लागि अनुदान सम्झौता भएको छ । विद्युतीय तथ्यांक संकलनमा लाभग्राहीको सूचिकृत १९ हजार ८ सय परिवारमध्ये १७ हजार एक सय ३६ले अनुदान सम्झौता गरी अनुदान प्राप्त गर्ने चरणमा रहेका छन् ।

सूचीमा नाम नपरेका पाँच सय ६१ भूकम्प पीडितले गुनासो फारम भरेर दर्ता गरेका छन् । अहिलेसम्म जिल्लाका  राष्ट्रिय वाणिज्य बैंकसहित पाँच वटा निजी बैंकले अनुदान रकम भूक्तानीका लागि अनुमति पाएका छन्  ।

अनुदान सम्झौता गरेका पाँच सय ६१ ज्ना लाभग्राहीको विवरण अनुदान भुक्तानीका लागि बैंकमा पठाइएको जिल्ला विकास समितिले जनाएको छ । पहिलो चरणमा केत्तुके, ज्यामिरे, सल्लेरी र वर्णालु गाविसका केही वडाका पीडितले रकम लिइसकेका छन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया