MENU

समाज

ujyaalo forign call inside

भूकम्पपीडितको घरको नमुना परिवर्तन हुँदै

काठमाडौं, असार १६ –  सरकारले भूकम्पपीडितले बनाउनु पर्ने घरको नमुना परिवर्तन गर्ने भएको छ । यसअघि ल्याएको १७ वटा घरको नमूना परिवर्तन गरी सरकारले जातजाति, धर्म संस्कृति र भौगोलिक अवस्था सुहाउँदो घरको नमुना ल्याउने लागेको हो । 

यस अघिका १७ वटा घरको नमुना त्यत्ति उपयोगी नभएको र पीडितले बनाउन नसक्ने गुनासा धेरै आएपछि नमुना परिवर्तन गर्न लागेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता राम प्रसाद थपलियाले बताउनुभयो ।

‘भूकम्पपीडितको धर्म, संस्कृति, भूगोल हावापानी सुहाउँदो नभएको र बढी लगानी लाग्ने भएकाले बनाउन सक्दैनौँ भन्ने धेरै गुनासा आए, हुन त हामीले पहिल्यै पनि जस्तो सुकै डिजाइनको बनाउन सकिने, तर भूकम्प प्रतिरोधी बनाउनु पर्ने भनेका थियौं, प्राधिकरणमा अहिले चाँहि छुट्टै नक्साको छलफल चलिरहेको छ’  उज्यालो अनलाइनसँग उहाँले भन्नुभयो ।’  

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया