MENU

समाज

ujyaalo forign call inside

२१ पटक भूकम्पको धक्का, धन्न क्षति भएन

डिवि विष्ट/उज्यालो ।

बझाङ, असार १६ – बझाङमा बुधबार दिउँसो ५ रेक्टर स्केलको भूकम्प गयो । त्यसपछि पनि लगातार २० पटक भूकम्पको धक्का महसुस भएको छ । दिनभरको भूकम्पको धक्काले केही घरहरु सामान्य चर्किनु बाहेक क्षति भने भएन । 

दिनभर स्थानीय बासिन्दा त्रसित थिए । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दका अनुसार सदरमुकाम चैनपुरमा अहिलेसम्म केही क्षति भएको खबर आएको छैन । 

बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा बझाङको मयाना केन्द्र विन्दु बनाएर ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक कपिल महर्जनले बताउनु भयो । त्यस्तै दिउँसो ३ बजेर १२ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको, ३ बजेर २८ मीनेटमा ३ दशमलव ८ रेक्टर स्केलको र ३ बजेर २९ मिनेटमा ३ दशमलव ६ रेक्टर स्केलको धक्का गएको थियो । त्यस पछि बिहीबार साढे १२ बजेसम्म २० पटक भूकम्प गइसकेको छ । 

भूकम्पले जयपृथ्वी नगरापलिका–६ मयानामा रहेको निलकटी निम्न माध्यमिक विद्यालय दयकुमलाको भवन र धल्देउ प्राविको चर्पी चर्कीएको स्थानीय टेक बहादुर धामीले बताउनु भयो । 

गएको वर्ष वैशाख १२ गते गोरखा बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पपछि सुदूरपश्चिममा पनि भूकम्प जानसक्ने खतरा रहेको विज्ञहरुले बताएका थिए । 

गोरखाको भूकम्पपछि देश भरी नै साना साना भूकम्पको धक्का महसुस भइरहेकोले यसमा डराउनु पर्ने अवस्था नरहेको समेत भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । ५ रेक्टर स्केलको भूकम्प गएपछि त्यो भन्दा साना धक्काहरु जाँदै गरेको र कम्पन पनि कम हुँदै गएकाले डराउनु नपर्ने केन्द्रको भनाई छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया