MENU

समाज

ujyaalo forign call inside

१६ पटक भूकम्पको धक्का, क्षति भने भएन

बझाङ, असार १६ – बझाङमा बुधबार भूकम्प र परकम्प गरी  १६ वटा धक्का गएपति कुनै क्षति नभएको प्रहरीले बताएको छ ।

भूकम्प र परकम्प गएपनि केही क्षति नभएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । उहाँले भन्नुभयो ‘भूकम्पको केन्द्रविन्दु सदरमुकाम चैनपुरमा अहिलेसम्म क्षतिको खबर आएको छैन ।’

बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक कपिल महर्जनले बताउनुभयो ।

यस्तै दिउँसो ३ बजेर १२ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको, ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टरस्केलको र ३ बजेर २९ मिनेटमा ३ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो । त्यसपछि बेलुकासम्म १५ वटा साना भूकम्प र परकम्प गएका उहाँले जानकारी दिनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया