MENU

समाज

ujyaalo forign call inside

​पहिरोले टहरो पुर्दा दुई बालकको मृत्यु

नुवाकोट, असार १५ – नुवाकोटको बुङताङमा बुधबार बिहान पहिरोले घर पुर्दा दुई बालकको ज्यान गएको छ ।

बुङताङ–४ डोटाटोलका मेघबहादुर तामाङ घरलाई बिहान आठ बजेतिर पहिरोले पुर्दा मेघबहादुरका छोरा वर्ष १३ का आइतराम र वर्ष ६ का आसिसको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । पहिरोमा परि तामाङका ९ वर्षकी छोरी बिमला सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

भूकम्पले घर भत्किएपछि जस्ताको टहरोमा बस्दै आएका तामाङको टहरोमाथि रहेको ढिस्को खसेर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया