MENU

राजनीति

ujyaalo forign call inside

दलहरु सहमति नजिक

काठमाडौं, असार १५ – भूकम्प पीडितलाई दिने सहायता रकमको विषयमा प्रमुख दलका शीर्ष नेताबिच भएको छलफल सहमति नजिक पुगेको छ ।

मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दलले यसअघि राख्दै आएको एकमुष्ट दुई लाख दिनुपर्ने मागमा केही लचकता अपनाउँदै पहिलो किस्तामा डेढ लाख र दोस्रो किस्तामा ५० हजार दिएर दुई किस्तामा भूकम्प पीडितलाई राहत रकम दिनुपर्ने प्रस्ताव राखेको वार्ता कार्यदलका सदस्य एवम् राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले जानकारी दिनुभयो ।

व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा नेपालका अध्यक्ष एवम् उपप्रधानमन्त्री कमल थापालगायत शीर्ष नेता र कार्यदलको संयुक्त बैठक बसेको थियो ।

सचेतक गिरीका अनुसार पहिलो किस्तामा डेढ लाख दिन मिल्ने वा नमिल्ने विषयमा अर्थ मन्त्रालय र पुनर्निर्माण प्राधिकरणले थप गृहकार्य गरेर बुधबार थप छलफल गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो । विश्व बैंकसँग यसअघि कांगे्रस नेतृत्वकै सरकारले गरेको सहायता रकम वितरणबारेको सम्झौतालाई समेत मध्यनजर गर्दै टुङ्गोमा पुगिने उहाँको भनाई छ ।

कांग्रेस नेता एवम् कार्यदलका सदस्य डा. प्रकाशशरण महतले बैठकमा भूकम्प पीडितलाई एकमुष्ठ रकम दिने विषयमा सत्ता साझेदार दल माओवादीसमेत सहमत भएको तर एमालेका कारण निष्कर्षमा पुग्न समस्या  परेको  बैठकपछि बताउनुभयो । कांग्रेसले एकमुष्ठ दुई लाख भूकम्प पीडितलाई दिनुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ । रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया