MENU

समाज

ujyaalo forign call inside

हलिउड कलाकारद्वारा भक्तपुरको अवलोकन

भक्तपुर, असार १२ – संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल भ्रमणमा आउनु भएकी युएनडिपीको सद्भावना दूत एवं हलिउड फिल्म स्टार मिइस्सिल एडलाई भक्तपुरको सम्पदाको अवलोकन गराउनु भएको छ ।

उहाँलाई भक्तपुरको सम्पदा अवलोकन गराउन शनिबार भक्तपुर दरबारक्वायर आउनुभएका मन्त्री पोखरेलले दरबारस्क्वायर क्षेत्र, तलेजू, पाँचतले मन्दिर लगायत यहाँको सम्पदाहरुको अवालोकन गराउनु भएको थियो । यहाँका सम्पदा एवं भूकम्पले क्षति पुर्‍याएको सम्पदाको उहाँले रुची पूर्वक अवलोकन गर्नुभएको थियो । सद्भावना दूत एडलाई बुद्धको चित्र मायाको चिनो स्वरुप प्रदान गरिएको थियो ।

त्यसअवसरमा मन्त्री पोखरेलले भूकम्पले नेपालको सम्पदामा पनि निकै क्षति पुर्‍याएको जानकारी गराउँदै सरकारले अब पुनर्निर्माणको काम सुरु गर्न लागेको बताउनुभयो । एक सय वर्ष पुरानो सम्पदालाई सरकारले नै जिम्मेवारी लिने बताउँदै उहाँले भूकम्पले क्षति पुर्‍याएको सम्पदालाई जिर्णोद्धार गर्ने काम अब छिट्टै सुरु हुने बताउनुभयो ।

त्यसअवसरमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै सद्भावना दूत एवं हलिउड स्टार एडले नेपाल भूकम्पबाट अब सुरक्षित रहेको बताउदै भन्नुभयो ‘नेपाल सुरक्षित छ भन्ने सन्देश म लिएर जानेछु, नेपाल भ्रमण गर्न आउनुपर्छ, नेपाल अत्यन्तै सुन्दर छ, त्यसैले म अहिले चौथो पटक नेपाल आएको हुँ ।’ भूकम्पले प्रभावित सम्पदालाई उठाउन सबैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया