MENU

समाज

ujyaalo forign call inside

ओखलढुंगामा १५ हजार लाभग्राहीसँग अनुदान सम्झौता

ओखलढुंगा, असार ४– ओखलढुंगाका १५ हजार ६ सय चार भूकम्प पीडितसँग स्थायी आवास निर्माणका लागि अनुदान सम्झौता भएको छ ।

भूकम्पबाट आवास क्षति पुगेर अनुदान पाउन सूचीकृत १९ हजार ८ सय १८ परिवारमध्ये १५ हजार ६ सय चार परिवारसँग अनुदान सम्झौता भएको हो । गाविस र नगरपालिकाबाट लाभग्राहीसँग अनुदान सम्झौता भएपछि बैंकहरुलाई अनुदानको रकम निकासा भइसकेको जिल्ला विकास समितिले जनाएको छ ।

अनुदान सम्झौता भएका सिद्धिचरण नगरपालिका  र केत्तुके गाविसका ३५ जनाले जिल्लाका विभिन्न बैंकबाट अनुदान समेत पाइसकेको अनुदान सम्झौता सम्बन्धी फोकल पर्सन पदम परियारले जानकारी दिनुभयो ।

तथ्यांक संकलनमा प्राविधिकले गडबडी गरेका र कतिपय घरमै नपुगेका भन्दै चार हजार चार सय ७८ पीडितहरुले गुनासो फारम भरेर फेरि घर निरीक्षणको माग समेत गरेका छन् । नामावली छुटेका विषयमा विवाद भएपछि कटुञ्जे, रानीवन र बरुणेश्वरमा भने अनुदान सम्झौता हुने चरणमा रहेको परियारको भनाई छ ।

पुनर्निर्माण प्राधिकरणले खटाएका प्राविधिकहरुले संकलन गरेको तथ्यांकमा समावेस लाभग्राहीमध्ये चार हजार दुई सय १४ भूकम्प पीडितसँग अनुदान सम्झौता गर्न बाँकी छ ।

असारभित्रै सबैसँग अनुदान सम्झौता र रकम निकासा सक्ने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया