MENU

समाज

ujyaalo forign call inside

​११ जिल्लामा ८२ वटा सामूहिक आवास

काठमाडौं, असार ३ - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि जोखिममा परेका बस्तीका नागरिकका लागि ११ जिल्लामा ८२ वटा सामूहिक आवास तिव्रताका साथ भइरहेको जानकारी दिएको छ ।  शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रिय आयोजना इकाईले ४६ र नेपाली सेनाले ३६ वटा सामूहिक आवास निर्माण गरिरहेको र थप ४ वटाको लागी टेन्डर प्रक्रिया अघि बढेको पनि प्राधिकरणले जानकारी दिएको छ । 

धादिङ, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, दोलखा रामेछाप, सिन्धुली, मकवानपुर, ओखलढुंगा र गोरखामा सामुहिक आवास निर्माण गरी खतरामा रहेका नागरिकलाई स्थानान्तरण गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । नागरिकको स्थायी आवासको टुंगो लागेपछि यी सामूहिक आवास सामुदायिक प्रयोजनको लागि प्रयोग हुने पनि प्राधिकरणले जनाएको छ । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया