MENU

समाज

ujyaalo forign call inside

पुनःनिर्माणका लागि एक लाख बढी घर धनीसँग सम्झौता

काठमाडौ, असार १– भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एक लाख २ सय ७२ घर धनीसँग अनुदान सम्झौता गरेको छ । भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा सम्बन्धित घर धनी र गाउँ विकास समितिका सचिवबीच अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ । 

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइका अनुसार २०७३ साल जेठ ३२ गतेसम्म गोरखामा १७ हजार ६ सय ६८, धादिङमा चार हजार ८ सय २४, नुवाकोटमा एक हजार ५ सय ८८, रसुवामा १ हजार १ सय र सिन्धुपाल्चोक ६ हजार ६ सय ६० घर धनीसँग अनुदान सम्झौता भएको छ । 

यस्तै काभ्रेमा एक हजार ४ सय ७५, दोलखामा १६ हजार दुई सय, रामेछापमा ३५ हजार ३ सय ८० धनीसँग अनुदान सम्झौता भएको छ । ओखलढुङ्गामा १४ हजार २ सय दुई, सिन्धुलीमा १ हजार १ सय र मकवानपुर जिल्लामा ७५ घर धनीसँग अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ । रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया