MENU

समाज

ujyaalo forign call inside

​पुनर्निर्माणमा ढिलाई भैरहेको प्राधिकरणको स्वीकारोक्ति

काठमाडौं, जेठ २३ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा ढिलाई भैरहेको स्वीकार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यविधी र कानुनमा झैझमेला भए संशोधन गर्ने तर प्रभावितलाई रकम वितरणको काम भने तत्काल गर्न निर्देशन दिँदै आएपनि त्यस अनुसार काम गर्न नसकेको प्राधिकरणले स्वीकारेको हो । 

जिल्ला जिल्लामा राहत लिनेको नाम प्रकाशित भैसकेकाले अव ढिलाई नहुने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताउनुभयो । प्रवक्ता थपलियाले सम्झौता भएका बैंक मध्ये कुनले कुन क्षेत्र वा नगरपालिका/गाविसमा अनुदान रकम वितरण गर्ने भन्ने टुङ्गाउन बाँकी रहेपनि यो समस्या पनि एकदुई दिनमै टुंगिने बताउनुभयो । 

प्राधिकरण बर्षा अगाडी नै नाम सार्वजनिक भएका लाभग्राहीलाई अनुदान दिन र पालमा रहेका तर विभिन्न कारणले अनुदान सुचिमा नपरेका विस्थापितलाई सामुहिक आवासमा ल्याउन लागिपरेको थपलियाले बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया