MENU

समाज

ujyaalo forign call inside

भूकम्पले क्षति गरेको ऐतिहासिक चैत्यको अवलोकन

भक्तपुर, जेठ १६ - भक्तपुर बौद्ध सम्पदा संघले भूकम्पले क्षति गरेका उपत्यकाका ऐतिहासिक चैत्यको अवलोकन गरेको छ । भूकम्पले उपत्यकाका नेवार बस्तीमा रहेका ऐतिहासिक चैत्यहरु के कति क्षति भए भन्नेबारेमा जानकारी लिन संघको ६० जनाको टोलीले चैत्यहरुको अवलोकन गरेको हो ।

टोलीले भक्तपुरसँगै काठमाडौं तारकेश्वर नगरपालिकास्थित ऐतिहासिक पाँच माणे अर्थात पाँच चैत्यको समेत अवलोकन समेत गरेको बताउँदै संघका अध्यक्ष महेन्द्रराज शाक्यले चीनको ल्हासा, केरुङ्गसँगको ब्यापारिक मार्ग एवं काठमाडौं उपत्यकाको पश्चिम प्रवेश गर्ने मूख्य मार्गको रुपमा प्रयोग हुँदै आएको पाँच माणेको समेत अवलोकन गरेको बताउनुभयो । 

मल्लकालदेखि नै काठमाडौंको लागि महत्वको स्थलको रुपमा रहेको १ हजार वर्ष अगाडिको अभिलेख र स्थानको नाम अनुरुप पाँचवटा चैत्यहरु निर्माण गर्ने योजना अनुसार ३ वटा चैत्यहरु निर्माण सुरु गर्न लागेको उहाँले जानकारी दिनुभयो । त्यसक्रममा निर्माण हुन लागिको चैत्यका लागि आर्थिक सहयोग समेत प्रदान गरिएको थियो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया