MENU

समाज

ujyaalo forign call inside

​निजी घर पुनर्निर्माणका लागि ३६ हजार परिवारसँग सम्झौता

काठमाडौं, जेठ १६ - भूकम्पबाट क्षति भएका निजी घर पुनर्निर्माणको लागि ३६ हजार २ सय ७८ परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ । 

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रिय आयोजना कार्यान्वयन इकाइका अनुसार भूकम्पमा घर क्षति भइ अनुदान पाउने छनौट सूचिमा परेका १० जिल्लाका ३६ हजार परिवारसँग अनुदान सम्झौता भएको हो । 

इकाइका अनुसार ओखलढुंगामा १० हजार ७ सय ३३, रामेछापमा १३ हजार ७९, गोरखामा २३ सय, धादिङमा ५ सय ९९, नुवाकोटमा २ सय ८०, त्यस्तै रसुवामा २ सय ८, सिन्धुपाल्चोकमा १ हजार ९ सय २७, काभ्रेमा ९ सय, दोेलखामा ५ हजार १ सय ६१ र सिन्धुलीमा ११ सय घरधुरीसँग अनुदान सम्झौता भैसकेको छ । 

अनुदान सम्झौता गरेका परिवारले बैंक खातामार्फत २ लाख रुपैयाँको अनुदान अन्तरगत पहिलो किस्ताको ५० हजार रुपैयाँ पाउनेछन् ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया