MENU

समाज

ujyaalo forign call inside

बारपाकमा १२ सय घरमध्ये ४ वटा घर मात्रै बचे

किरण लोहनी/उज्यालो । गोरखा, वैशाख १३ – गोरखाको पर्यटकीय गाउँ बारपाक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । १२ सय घर धुरी रहेको बारपाकका जम्मा चारवटा घर मात्रै बाँकी रहेको छ । भूकम्पका कारण गाउँमा रहेका सात सय भन्दा बढीको ज्यान गएको आशंका गरिएको छ । 

अहिलेसम्म दुई सय ५० जनाको शव फेला परेको र उनीहरुको सनाखत भएको प्रहरीले जनाएको छ । भूकम्पका कारण गम्भीर घाइते भएका ६० जनाको भारतीय वायु सेनाको हेलिकप्टरले उद्धार गरी उपचारका लागि पोखरा लगेको छ । 

चितवन र पोखराबाट चिकित्सकसहितको टोली स्वास्थ्य उपचारको लागि बारपाक पुगेको छ । सामान्य घाइते भएका गाउँलेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । यस्तै आइतबार गोरखाको मनास्लु पदमार्गमा पर्ने भीरमा पर्यटकसहित २१ जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया