MENU

समाज

ujyaalo forign call inside

भुईचालोले महाकाली गाउँ रित्तै

काठमााडौं, वैशााख १३ – नुवाकोटको महाकाली गाविस हिजो र आजको भुईचालोका कारण पुरै रित्तो भएको छ । हिजोदेखि पटक पटक आएका साना तथा ठूला भूकम्पले गर्दा गाविसका अधिकांश घर मानिस बस्न नमिल्ने गरी भत्किएको छन् । 

स्थानीय जानकी माविका शिक्षक किशोर दाहालले दिएको जानकारी अनुसार गाविसमा रहेका सरदर ९ सय घरहरु मानिस बस्न नमिल्ने गरि भत्किएका छन् । मानवीय क्षतिको विवरण नआए पनि ठूलो भौतिक क्षति भएको शिक्षक दाहालले जानकारी दिनुभयो ।

दुर्गम पहाडी इलाका भएकाले सरकारी स्तरबाट भैरहेका उद्धार तथा राहतका लागि कोही पनि नपुगेको पनि शिक्षक दाहालले बताउनुभयो । स्थानीय स्तरमा राहत जुटाउने प्रयास भए पनि त्यो पर्याप्त नभएको शिक्षक दाहालले बताउनुभयो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया