MENU

जनसरोकार

ujyaalo forign call inside

बेलुकासम्ममा विद्युत आपूर्ति हुने

काठमाडौं, वैशाख १३ – भूकम्पका कारण काठमाडौं सहित देशका विभिन्न ठाउँमा विद्युत आपूर्ति बन्द भएको छ ।

भूकम्पले नेपाल विद्युत प्राधिकरणको कार्यालयमा क्षति पुगेपछि विद्युत आपूर्ति बन्द भएकोमा मर्मतपछि शनिबार बेलुका ६ बजेदेखि विद्युत प्रवाह गरेको तर केही ठाउँमा प्रवाहमा अझै समस्या भएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले बताउनुभयो ।

उहाँका अनुसार काठमाडौंका अस्पतालमा विद्युत आपूर्ति भैसकेको छ । तराईका धेरैजसो ठाउँमा बिजुली आपूर्ति भैरहेको तर पहाडी क्षेत्रमा अझै केही समय लाग्ने क्षेत्रीले बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया