MENU

बातावरण-कृषि

ujyaalo forign call inside

देशभरको मौसम बदली, उद्धारमा समस्या पर्न सक्ने

काठमाडौं, वैशाख १३ – काठमाडौं उपत्यका सहित देशभरको मौसम आइतबार बदलिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । मौसमविद वरुण पौडेलका अनुसार आइतबार र सोमबार देशभरको मौसम बदली हुनेछ ।

धादिङ, गोरखा, नुवाकोट, रसुवा, ताप्लेजुङ, विराटनगर, ओखलढुंगालगायतका क्षेत्रमा पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो । अहिले धुम्मिएको ठाउँमा दिउँसोपछि एकैछिन सुधार हुने तर फेरि बदली हुने मौसमविद पौडेलको भनाई छ ।

मौसममा सुधार आएका बेला हेलिकम्टर उद्धारका लागि जान सक्नेछन् । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले सबैलाई सचेत रहन उहाँले आग्रह गर्नुभयो ।

अर्का मौसमविद सुवास रिमालका अनुसार भारतको बिहारलगायतका उत्तर प्रदेश आसपासका क्षेत्रमा न्युन चापीय क्षेत्र विकास हुनुका साथै नेपालको उच्च वायुमण्डमा न्युन चापीय क्षेत्र विकास भएको र बंगालको खाडीबाट सतही रुपमा जलवाष्प आइरहेकाले मौसम बदली भएको हो । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया