MENU

विज्ञान प्रविधि

ujyaalo forign call inside

मोबाइलमा पैसा नभए पनि फोन, एसएमएस र इन्टरनेट चलाउन सकिने

काठमाडौं, वैशाख १३ – नेपाल टेलिकमले विपतका बेला सम्पर्क गर्न मोबाइलमा पैसा नहुँदा पनि फोन जाने/आउने व्यवस्था लागु गरेको छ । मोबाइलमा पैसा सकिएपनि ग्राहकले फोन, एसएमएस र इन्टरनेटको प्रयोग गरी विपतका बारेमा जानकारी गराउन सक्ने व्यवस्था गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बताउनुभयो ।

विपतका बेला गरिएको फोनमा अहिले छुट दिने निर्णय नगरिएको तर एसएमएसमा भने छुट दिइएको  उहाँले बताउनुभयो । फोनमा छुट दिने नदिने बारे पछि बैठक बसेर विचार गरिने प्रवक्ता प्रतिभा वैद्यले बताउनुभयो । टेलिकमले विपतमा परेका बारेमा सम्पर्क गर्न सहज होस भन्ने उद्देश्यले शनिबार दिउँसोदेखि पैसा नभए पनि फोन र एसएमएस जाने व्यवस्था लागु गरेको छ ।

यस्तै भूकम्पका कारण विद्युत आपूर्ति बन्द भएकाले व्याकअपमा राखेर सेवा दिने तयारी पनि थालेको  प्रवक्ता वैद्यले बताउनुभयो । टेलिकमले इन्टरनेट सेवा सञ्चालन भैरहेको पनि जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया