MENU

जनसरोकार

ujyaalo forign call inside

संकटग्रस्त क्षेत्र घोषित ११ जिल्लाका शैक्षिक संस्था एक हप्ताका लागि बन्द

काठमाडौं, वैशाख १३ – भूकम्पले बढी क्षति पुगेका ११ जिल्लालाई सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । सरकारले धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, गोरखा, नुवाकोट र रामेछाप जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गरी यी जिल्ला उद्दार तथा राहतको कामलाई तीव्रता दिइएको जनाएको छ ।

यी जिल्लाका सम्पूर्ण शैक्षिक संस्था एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको छ । भूकम्पपछि शैक्षिक संस्थाका भौतिक संरचनामा क्षति भएको र जोखिम समेत रहेकाले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको गृहमन्त्रालयले जनाएको छ । यी जिल्लाका सम्पूर्ण सरकारी कार्यालयका कर्मचारीलाई भूकम्प पीडितको उद्दार तथा राहातको काममा खटिन पनि सरकारले निर्देशन दिएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया