MENU

समाज

ujyaalo forign call inside

मानवीय सहायताका लागि अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं, वैशाख १२ - सरकारले विनाशकारी भूकम्पबाट देशका विभिन्न भागमा व्यापक जनधनको क्षति भएको जनाउँदै अन्तर्राष्ट्रिय समुदायसँग आग्रह मानवीय सहायताका निम्ति अनुरोध गरेको छ ।

भूकम्प पीडितलाई आपत्कालीन सहायता उपलब्ध गराउन तथा अन्य आवश्यक मानवीय सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरिएको परराष्ट्र मन्त्रालयका निमित्त सचिव प्रकाशकुमार सुवेदीले बताउनुभयो ।

भारतद्वारा उद्धार टोली परिचालन

भारत सरकारले भूकम्प प्रभावित नेपालीलाई सहयोग गर्न परिचालन गरेको भारतीय वायुसेनाको विमान चिकित्सक टोली, सहायताकर्मी र राहत सामग्रीका काठमाडौं आइपुगेको छ ।

विमानमा कम्बल, खाद्य सामग्री, उद्धार तथा खोजबिनका निम्ति आवश्यक पर्ने उपकरण लिएर भारतीय टोली आएको सैनिक प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिनुभयो ।

- रासस

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया