MENU

समाज

ujyaalo forign call inside

सरकारद्वारा भूकम्प प्रभावित क्षेत्रलाई संकट ग्रस्त क्षेत्र घोषणा

काठमाडौं, वैशाख १२ – सरकारले भूकम्प प्रभावित क्षेत्रलाई संकट ग्रस्त क्षेत्र घोषणा गरेको छ । शनिबार बसेको मन्त्री परिषदको आकस्मिक बैठकले देशका भूकम्प प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी उद्दार तथा राहातका लागि राज्यका सबै शक्ति प्रयोग गर्ने निर्णय गरेको हो ।

यस्तै प्रभावित क्षेत्रमा उद्दारका लागि नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरी परिचालन गर्ने, उद्दारका लागि हेलिकप्टरको प्रयोग गर्ने निर्णय पनि मन्त्रीपरिषदले गरेको छ ।

यस्तै काठमाडौंका ९, ललितपुरका २, भक्तपुरका २ तथा भूकम्प प्रभावित सबै जिल्लामा राहात तथा उद्दार केन्द्र स्थापना गर्ने, प्रधानमन्त्री राहात कोष स्थापना गरी सरकारको तर्फबाट तत्काल ५० करोड रुपैयाँ जम्मा गर्ने, उद्दारका लागि विदेशी समुदायलाई आह्वान गर्ने, सामाजिक संस्था, निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल सबैलाई उद्दारमा सहभागी हुन आग्रह गर्ने निर्णय गरेको छ ।

ज्यान गुमाएकाका परिवारलाई उचित क्षतिपूर्ति दिने, घाइतेको उपचार गर्ने, भत्किएका संरचना फसेका मानिसको उद्दारका लागि तत्काल प्रयास गर्ने तथा सबै अस्पतालहरु २४ घण्टा खुल्ला राख्ने निर्णय पनि सरकारले गरेको छ । यस्तै सरकारको तर्फबाट नियमित सूचना संप्रेशष गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया