MENU

जनसरोकार

ujyaalo forign call inside

६ घण्टामा २० वटा भूकम्प !

टंक ढकाला/उज्यालो । काठमाडौं, वैशाख १२ – काठमाडौं उपत्यका सहित देशभर शनिबार ६ घण्टाको अवधिमा २० वटा भूकम्प गएको छ । बिहान ११ बजेर ५६ मिनेट जाँदा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएदेखि पछिल्लोपटक बेलुका ६ बजेर एक मिनेटसम्ममा देशका विभिन्न भागमा २० वटा भूकम्प गएको हो ।

यो अवधिमा तीन वटा भूकम्प नेपाल र चीनको सीमा क्षेत्रमा गएका हुन् भने अरु १७ वटा भूकम्प नेपालकै विभिन्न क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्प सम्बन्धी जानकारी दिने युरोपियन मेडिमेरेनियन सेस्मोलोजिकल सेन्टरले जनाएको छ ।

शनिबार साढे चार घण्टाको अवधिमा गएका भूकम्पको विवरण

बिहान ११ बजेर ५६ मिनेटमा ७ दशमलव ८ रेक्टर स्केल
दिउँसो १२ बजेर २३ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केल
दिउँसो १२ बजेर ४१ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केल (चीन नेपालको सीमाना)
दिउँसो १२ बजेर ४५ मिनेटमा ६ दशमलव ७ रेक्टर स्केल
दिउँसो १२ बजेर ५३ मिनेटमा ५ दशमलव १ रेक्टर स्केल
दिउँसो १२ बजेर ५८ मिनेटमा ५ रेक्टर स्केल
दिउँसो १ बजेर १६ मिनेटमा ५ रेक्टर स्केल (चीन र नेपालको सीमाना)
दिउँसो १ बजेर २४ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केल
दिउँसो १ बजेर ३२ मिनेटमा ५ दशमलव ३ रेक्टर स्केल
दिउँसो १ बजेर ५० मिनेटमा ४ दशमलव ७ रेक्टर स्केल
दिउँसो २ बजेर एक मिनेटमा ५ रेक्टर स्केल
दिउँसो २ बजेर पाँच मिनेटमा ४ दशमलव ७ रेक्टर स्केल
दिउँसो २ बजेर १४ मिनेटमा ५ रेक्टर स्केल
दिउँसो २ बजेर ४० मिनेटमा ५ दशमलव ३ रेक्टर स्केल
दिउँसो ३ बजेर तीन मिनेटमा ४ दशमलव ९ रेक्टर स्केल
दिउँसो ३ बजेर ३० मिनेटमा ५ रेक्टर स्केल
दिउँसो ४ बजेर आठ मिनेटमा ४ दशमलव २ रेक्टर स्केल
दिउँसो ४ बजेर २५ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केल
दिउँसो ४ बजेर ३८ मिनेटमा ४ दशमलव ४ रेक्टर स्केल
बेलुका ६ बजेर एक मिनेटमा ४ दशमलव २ रेक्टर स्केल (चीन र नेपालको सीमाना)

Mitsubishi

प्रतिक्रिया दिनुहोस

Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया